• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

महिलाले एक स्वरमा भने, ‘लघुवित्त हाम्रो सहारा हो’


  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • गैँडाकोट/गैँडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आÇनो सहारा भएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियान एवं सचेतना ¥यालीमा गाउँगाउँबाट आएका महिलाहरुले लघुवित्त महिलाहरुको आड एवं भरोसाको माध्यम समेत रहेको बताए । गैँडाकोट नगरपालिका क्षेत्रमा कार्यरत १३ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले भृकुटीचोकदेखी कार्यक्रमस्थल फेम्ली क्याफेसम्म ¥याली समेत निकालेका थिए ।
    गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘उद्यमी बन्न बढाऔँ हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ’, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ’, ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पद्र्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ लगायतका प्लेकार्ड बोकेका थिए ।
    ¥यालीपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले आफ्नो श्रीमानका नाम समेत नलिने पुरुष प्रधान देशमा महिलाको व्यक्तित्व विकासका लागि लघुवित्तको ठूलो योगदान रहेको बताउनुभयो । गलत ढंगले जनता परिचालन गर्दा ठूलो क्षति व्यहोर्नुपर्ने तर्क गर्दै उहाँले ऋण मिनाहाका विषयमा भन्नुभयो, “एक दुई जना मान्छेले आफु हिरो हुनलाई गरेको प्रपञ्च हो, यसमा दिग्भ्रमित कोही हुन आवश्यक छैन ।” ऋण मिनाहा हुने भए आफु सदस्य बन्न तयार रहेको जनाउँदै खाएको ऋण कहिल्यै मिनाहा नहुने भएकाले आफवाहमा नलाग्न आग्रह गर्नुभयो ।

    Advertisement


    गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आवश्यक ऋण लिने र समयमा तिर्ने गर्दा समस्या नआउने बताउनुभयो । लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित रुपमा लगानी गर्न आग्रह गर्दै सदस्यलाई सक्षम बनाउन संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो । गैँडाकोटका नगर उपप्रमुख शान्ति कोइरालाले लघुवित्तमा महिला बढी आवद्ध रहेको जनाउँदै उनीहरुको आर्थिक, राजनीतिक एवं सामाजिक स्तर माथी उकास्न एवं सशक्तिकरणका लागि लघुवित्त सारथी बनेको बताउनुभयो । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थालाई उहाँको आग्रह थियो ।
    नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तले सहजरुपमा गाउँमा नै पुगेर सजिलो तवरबाट ऋण लगानी गर्दा सदस्यले धेरै पैसा लिएको र त्यस्को सदुपयोग गर्न नजान्दा अहिले समस्या आएको तर्क गर्नुभयो । कोभिड, वर्तमान आर्थिक मन्दि पनि कारक भएको जनाउँदै उहाँले सदस्यलाई सहज गराउन केही समय दिन सकिने तर त्यस्का लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने बताउनुभयो । लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँको आग्रह छ । लघुवित्त संस्था खारेज गर भन्नुको अर्थ र विकल्पबारे प्रश्न गर्दै उहाँले भन्नुभयो, “लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने यथार्थ होइन् ।” उहाँले अहिले १५ प्रतिशत ब्याज र १।५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गर्नुभयो ।
    नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलले घरको चुल्हो चौकामा सिमित महिला बाहिर निकाल्न लघुवित्त सहयोगी बनेको बताउँदै अब अझै वित्तीय साक्षरता प्रदान गर्ने बताउनुभयो । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंक र सरकारसँग समेत छलफल भइरहेको बताउँदै साक्षरता अभियानले सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।
    विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यस्को व्यवस्थापन महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो । बाणिज्य बैंक र राष्ट्र बैंकले कम ब्याजमा ऋण दिने हो भने लघुवित्तले अझै कम गर्न सक्ने उहाँको तर्क थियो । नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको बताउनुभयो ।
    लघुवित्तका ऋणी एवं सदस्यहरुका तर्फबाट बोल्दै राधिका उपाध्यायले संस्थाले पैसा मात्र उठाउने नीति मात्र नभई सदस्यको व्यवसाय सफल बनाउनतर्फ ध्यान केन्द्रीत गरी सीप सिकाउन आग्रह गर्नुभयो । अर्का सदस्य कल्पना पन्तले ‘लघुवित्त छ त हामी छौं, हामी छौँ त लघुवित्त छ’ भन्दै सकेसम्म ब्याजदर र सेवा शुल्क कम गर्न आग्रह गर्नुभयो । अर्का सदस्य कमला शर्माले लघुवित्तमा आवद्ध भएपछि स्थानीय तहका नेतृत्व तहमा महिला सक्रियता बढेको बताउनुभयो । उनीहरुले ऋण लिएपछि स्वभाविक रुपमा तिर्नुपर्ने बताउँदै गाह्रो भएका लघु उद्यमीका सवालमा ठोस निर्णय गर्नुपर्ने बताएका थिए ।
    महुली लघुवित्त गैँडाकोट शाखा प्रमुख एकनाथ कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण लघुवित्त कर्मचारी मिलन केन्द्रका अध्यक्ष युवराज गौतमले गर्नुभएको थियो ।
    लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले गत शनिबारदेखी चितवनबाट वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरुवात गरेको हो । संघले अन्य जिल्लामा समेत क्रमिक रुपमा अभियान सञ्चालन गर्ने जनाएको छ । देशभर लघुवित्तमा ३३ लाख सदस्य ऋणी रहेको अनुमान गरिएको छ ।

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.