• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

माडीमा यसपटक भव्यरुपमा गोद्धक राम चरित्रकथा यज्ञ हुने


  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • चितवन/धार्मिक एवं पुरातŒिवक महŒव बोकेको चितवनको माडी १ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेला स्थल गोद्धकमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसिं गुरुङले चैत्र १३ गतेदेखी १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता गरिने बताउनुभयो ।

    Advertisement

    माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमितकुमार लामाले गोद्धक क्षेत्रमा पर्ने परशुरामकुण्ड, अष्ठमुख शिललिङ्, भिमसेन मन्दिर बाल्मिकी आश्रम लगायतका स्थानको प्रवद्र्धनका लागि नगरपालिकाबाट १५ लाख र वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । तटबन्धन, कुण्ड सरसफाई, सत्तल निर्माण, मन्दिर व्यवस्थापन, खानेपानी लगायतका कार्यमा खर्च गरिने बताउँदै आवश्यक सहयोग गरिने बताउनुभयो ।

    गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाले १३ गते कलशयात्रा सहित भव्य कार्यक्रम हुने बताउँदै १८५ सदस्यीय यज्ञ सम्पादन समिति र विभिन्न उप समिति समेत गठन गरिएको बताउनुभयो । संस्कार, सांस्कृतिक र प्राकृतिक सम्पदाको विकास, संरक्षण र सम्भारः पर्यटन विकासको मूल आधार भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको गोद्धक क्षेत्र विकास समितिका सचिव गंगा भुसालले बताउनुभयो । गोद्धक क्षेत्र विकास समितिका सदस्य रामजी सापकोटाले गोद्धक क्षेत्रको धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्विक लगायत विभिन्न पक्षको महत्त्वको प्रचार प्रसार गरी पर्यटन तथा धार्मिक पर्यटनको विकास गर्ने हेतुले प्रखरवाचक चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने बताउनुभयो ।

    मध्यवर्ती क्षेत्र पाँचपाण्डव बगई उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले यस क्षेत्रको विकासका लागि चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गर्दै यहाँका संरचना निर्माणका लागि मध्यवर्ती समितिले काम गरिरहेको बताउनुभयो । पण्डीत सुदर्शन सुवेदीले गोद्धक क्षेत्रको महत्त्व, परशुरामले तपस्या गरेको, नेपालकै एकमात्र पाँचपाण्डव मन्दिर, रेवा गंगाको महिमा, यहाँ रहेका शालिग्रामको महत्त्वबारे प्रकाश पार्दै माडी धार्मिक पर्यटकीय स्थलका रुपमा प्रख्यात क्षेत्र रहेको बताउनुभयो । माडी पर्यटन विकास समितिका पूर्व अध्यक्ष नारायण पौडेलले प्रचार प्रसारकै कारण ओझेलमा परेको जनाउँदै सबै यसको प्रवद्र्धनका लागि जुट्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा जनप्रतिनिधिहरुहरु जयनारायण श्रेष्ठ, जीवलाल लुईटेल, फागुराम महतो, गोद्धक क्षेत्र विकास समितिका उपाध्यक्ष धनबहादुर गुरुङ, सहसचिव शिबबहादुर कार्की, कोषाध्यक्ष सीता तिमिल्सेना, गोद्धक मेला व्यवस्थापन समितिका पूर्व सचिव तुलबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो । गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्दछन । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्दछ । परशुराम कुण्डमा स्नान गर्न आउने भक्तजनका लागि देउता खोला हुँदै कुण्डसम्म झाडी सरसफाई एवं सामान्य गोरेटो बनाउने संस्थाले जनाएको छ ।

    गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ । प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आÇनै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड) मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुराताŒिवक महŒवका मूर्ति, इनार कुण्ड अवलोकन गर्न र विशेष पर्वहरुमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । ठूलो धार्मिक महत्त्व बोकेको गोद्धक क्षेत्रमा चैत्र रामनवमीमा नेपाल र भारतका लाखौँ भक्तजनहरु उपस्थित भई परशुराम कुण्डमा स्नान गरी गोद्धक क्षेत्रको मेला भर्ने परापूर्वकालदेखिको इतिहास छ ।

    सो क्षेत्रमा पाँच पाण्डवहरु बसेको धार्मिक विश्वास रहेको छ । माडी नगरपालिका–१ मा पर्ने गोद्धक क्षेत्र पुग्न माडी–हुलाकी सडकखण्डअन्तर्गतको सेरूवा चोकबाट करिब तीन किलोमिटर पश्चिम लाग्नुपर्छ । मेलास्थलबाट भीम इनार अवलोकन गर्न तीन किलोमिटर तथा शिव मन्दिर दर्शन गर्न चार किलोमिटर पश्चिम लाग्नुपर्छ ।

    गोद्धक क्षेत्रमा द्रौपती कुण्ड, परशुराम कुण्ड, युधिष्ठिरको छाता, प्राचीन राजा विराटको गोठ, पुराना मूत्र्ति, भीम इनार रहेको छ । रिउ खोलाको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा रहेको परशुराम कुण्डसमेत गोद्धक क्षेत्रमा पर्दछ । यहाँ प्रशस्त शालिग्राम समेत पाइन्छ ।

    श्रीरामले सीता मातालाई त्याग गर्दा पनि यसै देवता खोलाको किनारमा छोडेको र सीता माता शिव मन्दिरमाथि खोलाकिनारमा रहेको गुफामा रूँदै बिलौना गरेकोले सो गुफाको नाम सीता गुफा रहन गएको, सोही समयमा सीता माताको रक्षार्थ कुकुरनाथ, बिरालनाथको उपस्थिति रहेको र सीताजीको रोदन सुनेर वाल्मीकि ऋषि आई आफ्नो आश्रममा लगी संरक्षण दिएको, लवकुश जन्म भईसकेपछि अश्वमेध यज्ञमा छोडिएको घोडा लवकुश खेल्दै आउँदा उत्तर वाहिनी रेवा नदीको किनारबाट समाती वाल्मीकि आश्रम लगी बाँधेको जस्ता पौराणिक कथा धर्मग्रन्थमा उल्लेख गरिएको छ । त्रिवेणीधाम नजिक रहेको वाल्मीकि आश्रम समेत माडी नगरपालिका १ मा पर्दछ ।

    त्यसैगरी, द्वापर युगमा पाण्डवहरु यसै क्षेत्रमा आई वनवास बसेका र पछि गुप्तवास बस्न विराटनगर गई छद्मभेषीरुपमा बसेको अवस्थामा विराट राजाका गाईहरू लुटेर कौरव पक्षले यसै मार्गबाट हस्तिनापुरमा लैजाँदै गर्दा अर्जुन विरण्डलाको रुपमा यहाँ आई बसेको भन्ने कथन छ, जहाँ अहिले गोद्धक मेला लाग्ने गर्छ । यसै मैदानमा घमासान युद्ध गरी विराट राजाका गाई छुटाएको स्थान भएकोले गाइका लागि गरिएको युद्ध “गौ युद्धक”बाट अपभ्रंस भई गोद्धक नाम रहन गएको धर्मशास्त्रहरुमा व्याख्या गरेको पाइन्छ ।

    लामो समय बस्ने गरी आउने भक्तजनका लागि बास बस्न शिवलि∙ मन्दिरसँगै सत्तलको व्यवस्था रहेको छ भने गोद्धक क्षेत्रमा भक्तालु बस्न मिल्ने धर्मशाला तथा नजिकमा होमस्टे सञ्चालनमा रहेका छन् । रामनवमीबाहेक यस स्थलमा शिवरात्रि, बालाचतुर्दशी र श्रावण महिना समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.