काठमाडौं/प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी एक्स्पो’ भृकुटीमण्डपमा हुने भएको छ। मिडिया स्पेस सोलुसन्स् र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस्को संयुक्त आयोजनामा २०७८ चैत्र १० गते देखि १२ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने आयोजकले विज्ञप्ति जारी गर्दै जनाएको छ।
प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढी कम्पनीका स्टल रहने आयोजकले बताएको छ। ‘नेपाल फाइभ पी’ ५ विधाका सम्पूर्ण व्यापारी, व्यवसायीलाई एकै ठाउँमा एकीकृत गरी व्यवसायिक साझेदारी, नवीनतम प्रविधि प्रर्दशन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मञ्च हुने विश्वास गरेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेशिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बिब कक, इण्डक्सन मोल्डिङ मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिशनरी, सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ मेशिनरी, र्याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकको सहभागिता हुने छ।




