• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“गुरुङ मःमः सरकार एण्ड क्याफे”को सेवा शुभारम्भ

"ग्राहकहरुलाई शुभारम्भको ७ दिन ३० प्रतिशत छुटको व्यवस्था "

  •   सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
  • नारायणगढ/भारतको गुजरातस्थित सुरत शहरमा सन् २००७ देखि आफ्नो सेवा दिदै आईरहेको गुरुङ मःमः सरकार एण्ड क्याफेले चितवनका ग्राहकहरुलाई ध्यानमा राखी सोमबारदेखि लायन्सचोक, नारायणगढबाट आफ्नो सेवाको शुभारम्भ गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि युवा उद्यमी, समाजसेवी एवम् चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले क्याफेको एक विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको थियो ।
    प्रमुख अतिथि घिमिरेले छिमेकी राष्ट्र भारतमा लामो समयदेखि व्यवसायिक रुपमा रेष्टुरेण्ट पेशामा आवद्ध भई सफलता हासिल गरेको टिमले नेपालको मध्यभाग चितवनको भरतपुरमा नै केही गर्ने उद्देश्यका साथ आफ्नो व्यवसायिक यात्रा थालनी गरेकोमा सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि निलकण्ठ नगरपालिका धादिङ वडा नं. १४ का वडाअध्यक्ष नवराज दुवाडीले चितवनका ग्राहकहरुलाई गुरुङ मःमः सरकार एण्ड क्याफेले भिन्न स्वादमा विभिन्न परिकारहरु उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा व्यवसायी गुरुङले रेष्टुरेण्ट व्यवसायमा गर्नुभएको लामो अनुभवका कारण पनि क्याफेले सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने बताउनुभयो ।
    चितवनमा विगत केही महिनादेखि मःमः का पारखीहरुलाई आफ्नो उत्पादनहरुको स्वाद चखाउँदै आएको क्याफेले नेपालमा पहिलो शाखाको रुपमा चितवनबाट शुरु गरेको सञ्चालक एवम् मःमः सेफ राजेश गुरुङले बताउनुभयो ।
    भारतीय बजारमा एकलाख असी हजार भारतीय रुपैयाँबाट आफ्नो व्यवसाय यात्रा शुरु गरेको क्याफेले शुरुको दिन साठी रुपैयाँको व्यापार गरेको थियो । व्यापारको क्रम बढ्दै जाँदा मःमःका पारखीहरु बढ्दै गएपछि भारतकै विभिन्न स्थानमा ४ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुको मन जित्दै आएको छ । ४ वटा शाखाहरुमा ३२ देखि ३५ जना कर्मचारीहरुले रोजगारी समेत पाएका छन् ।
    भारतमा अत्याधिक रुचाइएको मःमःको ब्राण्डलाई नेपालमा पनि ल्याउनु पर्छ भन्ने मान्यता राख्दै सञ्चालकहरुले चितवनको लायन्सचोकमा आफ्नो पहिलो शाखाबाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ सोमबारदेखि नेपालमै पहिलो शाखाको रुपमा शुभारम्भ गरिएको सञ्चालक राजेश गुरुङले बताउनुभयो ।
    ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको गुरुङ्ग मःमः सरकार एण्ड क्याफे (गुरुङ चाइनिज कर्नर)मा कुरकुरे मःमः, झोल मःमः, फ्राईस राईस, पनिर चिल्ली, नुडल्स, काटी रोल लगायतका चाइनिज फुडहरुको समेत स्वाद लिन पाईन्छ ।
    भारतमा धेरै भन्दा धेरै रुचाइएको तन्दुरी मःमः यहाँको प्रमुख विशेषता रहेको हुँदा यसलाई छिट्टै ग्राहक सामु ल्याउने सञ्चालकको दावी छ । विगत लामो समयदेखि यस क्षेत्रमा लामो अनुभव सम्हाल्दै आएका सेफबाट तयार गरिने र सरसफाईलाई विशेष ध्यानमा राखी ग्राहकहरुलाई सेवा दिने उद्देश्य रहेको सञ्चालकहरु बताउँछन् । हाल चितवनको एक स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको गुरुङस मःमः सरकार एण्ड क्याफेले चितवन लगायत नेपालका अन्य स्थानहरुमा समेत आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ ।
    शुभारम्भको अवसर पारेर एक सातासम्म हरेक परिकारहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक राजेश गुरुङले बताउनुभयो ।

    Advertisement

     

    सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.