• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु


  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
  • चितवन/नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरु गरेको छ । शनिबार २९ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकदेखी खोलेसिमलसम्म ¥याली समेत निकालेका थिए ।

    Advertisement

    गाउँगाउँबाट आएका लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पद्र्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन्’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ लगायतका प्लेकार्ड बोकेका थिए ।

    नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा भएको वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले वित्तीय अनुशासन भए आर्थिक रुपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकता भन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाई थियो । घरका अभिभावक सचेत बनी बैंकको अवस्था, लगानीकर्ताको पहिचान गरी कारोबार गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “काराबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन् ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । सदस्यलाई ऋणीको रुपमा नभई परिवारको सदस्यका रुपमा हेर्न वित्तीय संस्थाको ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले आर्थिक मन्दिले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताउनुभयो । लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने सन्र्दभमा उहाँले अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गर्नुभयो । अन्य बैंकको तुलनामा यो कम रहेको जनाउँदै उहाँले सदस्यलाई घरमा नै पुगेर सेवा प्रदान गर्नुपर्दा केही महङ्गो हुन गएको बताउनुभयो । लघुवित्त वित्तीय संस्थाकै कारण ग्रामिण क्षेत्रका महिलालाई उद्यमी बनाउन सफल भएको लम्सालको दावी थियो ।

    नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उहाँले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकोले त्यहाँ छलफल भइरहेको बताउनुभयो । अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुर्नताजगीकरण एवं नविकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उहाँले बताउनुभयो । दोहोरो सदस्यता भएकै कारण समस्या आएको उहाँको जिकिर थियो । यो सबै वित्तीय साक्षरताको कमी भएकै कारण भएको महशुस गरी साक्षरता अभियान शुरु गरेको उहाँले बताउनुभयो ।

    लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका उपाध्यक्ष समेत रहनुभएकी सामाजिक अभियान्ता एलिमा मिया खातुनले ऋण लिएपछि स्वभाविक रुपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गर्नुभयो । यसअघि गत पौषमा लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उहाँले बताउनुभयो । लघुवित्त संस्थाले नै महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उहाँले तर्क गर्नुभयो ।

    उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्रीले ग्रामिण क्षेत्रमा देखिएको आर्थिक विचलनलाई क्रमिक रुपमा कम गर्दै लैजानुपर्ने बताउनुभयो । हालको आर्थिक मन्दीको कारण देखा परेको असहज स्थितिलाई सहज बनाउन प्रभावित परिवार केन्द्रित कार्यक्रम गर्न सके वातावरण सहज बन्दै जाने उहाँको भनाई थियो ।

    लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराईले समस्या लघुवित्त नभई हाम्रो आफ्नै आनिबानी रहेको तर्क गर्नुभयो । ऋणको सदुपयोग गर्न नजान्दा समस्या सृजना भएको महशुस आफुले गरेको बताउनुभयो । उहाँले लघुवित्तबाट लिएकै ऋणका कारण आफुले गरेका व्यवसाय, बाख्रापालन लगायतका प्रगतीबारेका अनुभव सुनाउनुभएको थियो ।

    अर्का सदस्य मिना गौतम (गोमा) ले व्यक्ति र प्रवृति गलत हुन सक्ने तर संस्था कहिल्यै गलत नहुने बताउँदै सदस्य चनाखो बन्नुपर्ने बताउनुभयो । आँफुले ऋण लिएर घर परिवारको व्यवस्थापनदेखी होटल व्यवसाय गरी राष्ट्रिय पहिचान गराउन सफल भएको उदाहरण पेश गर्नुभएको थियो ।

    कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको सहजिकरण सुवास पोख्रेलले गर्नुभएको थियो ।

    ७७ वटै जिल्लामा रहेका स्थानीय निकायहरुमा शाखा कार्यालय खोली ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मार्फत घरदैलोमा नै वित्तीय सेवा पु¥याउँदै आएका छन् । ६० लाख घरधुरी सदस्यले १३ लाख ६७ समूहमार्फत काम गर्दै आएको संघले जनाएको छ । महिलाको वित्तीय साक्षरता, महिला सशक्तिकरण र स्वरोजगार बनाउन ३० वर्षदेखी लघुवित्तको ठूलो योगदान रहेको दावी गर्दै आएको छ । संघले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान शुरुवात गरेको छ ।

    शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.