• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दश हजार दर्शकद्वारा मेलाको अवलोकन 


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • नवलपुर/नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को मंगलबार १० हजार बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य लिलाबहादुर अधिकारीकाअनुसार मंगलकार होली पर्व परेकाले दर्शकहरुको राम्रो उपस्थिति रहेको थियो ।
    मंगलबार मेलाको सांस्कृतिक कार्यक्रमलाई होली धमाका नाम दिएर चर्चित कलाकारको प्रस्तुती रहेका कारण पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति रहेको अधिकारीको भनाइ छ । बुधबार पनि मेलामा दर्शकहरुको राम्रो उपस्थिति हुने आयोजकले
    अनुमान गरेको छ । औद्योगिक व्यापार मेला जिल्लाको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा चैत १ गतेसम्म सञ्चालन हुनेछ ।
    मेलाको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेको जानकारी दिए । प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण नवलपुरमा प्रदेशस्तरीय औद्योगिक मेला राखिएको उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक लाखले अवलोकन गर्ने अनुमान गरिएको मेलाको प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।
    प्रितीलाई दर्शकको साथ
    प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा मंगलबार चर्चित गायिका प्रिती आलेले दर्शको साथ पाएकी छिन् । मंगलबार होलीसमेत परेका कारण आलेलाई साथ दिने दर्शकहरु नदीकिनारमा अत्यधिक सहभागी थिए । प्रितीले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई करिब दुई घण्टा मनोरञ्जन दिएकी थिइन् ।
    मञ्चमा चढेपछि गीत गाउन सुरु गरेकी आलेले आफ्ना चर्चित लोक तथा दोहोरी गीतसँगै दोहोरी ब्याटल पनि गाएकी थिइन् । साथै उनले प्रत्यक्ष दोहोरी गीत गाएर समेत दर्शकलाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार मंगलबार मेलाको सांस्कृतिक कार्यक्रममा आलेसहित उर्गेन दोङ, रोशन राना, प्रतिमा गैरे तथा अन्य स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए । प्रिती र रोशनले प्रत्यक्ष दोहोरी गाएर मेलामा दर्शकलाई रमाइलो गराएका थिए ।
    भोलि राजु परियारले आउने
    प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत भोलि बुधबार चर्चित गायक राजु परियारको सांगीतिक प्रस्तुती रहने बताइएको छ । मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक परियारसँगै पूर्णकला विसी र वसन्त लम्सालको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । बुधबारको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालको भनाइ छ ।

    Advertisement

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.