काठमाडौं/कुमारी बैंक र साइमेक्स इंक प्रालिबीच ग्राहकलाई बिवाइडी ब्रान्डका विद्युतीय गाडी (इभी) खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। नेपालमा इभीको लोकप्रियता बढिरहेको र सोहीअनुसार आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले देशव्यापी शाखाबाट सहज बिवाइडीका इभी खरिदमा सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो।
Advertisement
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले नेपालका कुनै पनि बिवाइडी डिलरबाट इभी खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने र कर्जा आठ वर्ष अवधीसम्म लिन मिल्ने छ। कुमारी बैंकले हाल ३ सय ४ शाखा, २ सय ९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।




