भरतपुर १५ मा व्यवसायिक सूर्यमुखी खेती चितवनको भरतपुरमा व्यवसायीक रुपमा सूर्यमुखी खेती गरिएको छ । तेलन बालीअन्तर्गत भरतपुर महानगरपालिका १५ श्रीपुरमा सामूहिक रुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको हो । यहाँ अहिले हरेकदिन टिकटक बनाउने, फोटो खिच्ने र घुम्न आउने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।
जिल्लामा रहेका चार जना प्राङ्गारिक किसानहरुको अगुवाइमा पौने तीन बिघा जमिनमा सूर्यमुखी खेती गरिएको कृषक चन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलन बालीका लागि सहकार्य भएकोले पौने तीन बिघामा सूर्यमुखी र बाँकीमा तोरी खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा १०० हेक्टर जमिनमा तेलन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन ।
पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क १०० रुपैयाँ तिरेर दैनिक टिकटक बनाउँने, फोटो खिच्ने र घुम्न र खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् । अहिले यहाँ मह उत्पादनको लागि ६०(६५ मौरीको घार पनि राखिएको छ ।
भरतपुर १५ मा व्यवसायिक सूर्यमुखी खेती
भरतपुर १५ मा व्यवसायिक सूर्यमुखी खेती
Advertisement
तपाईको प्रतिक्रिया




