गैँडाकोट/गैँँडाकोट २ स्थित अक्सफोर्ड कलेजले टेक्नोलोजी फेस्टिबल७लमबकजस२०२३ सम्पन्न गरेको छ । जसमा विज्ञान प्रदर्शनी, खाना प्रदर्शनी, नृत्य प्रतियोगिता गरिएको थियो । नवलपुर र चितवन जिल्लाका ९ कक्षादेखी १२ कक्षा सम्मका विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । कार्यक्रममा पोखरा विश्वविद्यालयका सहप्रध्यापक डा।दयाराज ढकालले विद्यार्थीहरु यो उमेरमा सहि बाटोमा लागे आफ्नो गन्तव्यमा पुग्न सक्ने बताउनुभयो । उहाँले अक्सफोर्ड कलेजमा भएको टेक्नोलोजी फेस्टिबल कार्यक्रमले विद्यार्थीहरुलाई समाजमा नयाँ परिवर्तन आउने विश्वास व्यक्त गर्नुभएको थियो ।
गैँडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा.बालकृष्ण चापागाईंले स्थानीय पाठ्यक्रमको विकास हुने क्रम जारी रहेको र अन्तरविद्यालयगत प्रतियोगात्मक क्रियाकलापहरु, छात्रवृत्ति प्रदान गर्ने लगायतका कार्यक्रमहरु हुने गरेको बताउनुभयो । सँगै गैँडाकोट नगरपालिकले शिक्षा क्षेत्रलाई उकास्नका लागि विद्यालयले गरेको कामहरुलाई साथ, सहयोग र प्रोत्साहन गर्ने बताउनुभयो ।
विज्ञान तथा प्रविधिको विषयमा रहेको ज्ञान साटासाट गर्न र विद्यार्थीहरुको सीप प्रदशर्नका लागि प्लेटफर्म बनाउन अक्सफोर्ड कलेजले कार्यक्रम गरेको प्रोफेसर इन्जिनियर हरि भण्डारीले बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीमा आत्मियता भावना पैदा गरी विद्यार्थीहरुलाई व्यावहारिक रुपबाट र उनीहरुको सीपलाई समाजसँग जोड्ने बाटो बनाएको बताउनुभयो ।
विगतमा विज्ञान प्रदर्शनी हँुदै आएकोमा अब विद्यार्थीको सीप बाहिर ल्याउनका लागि टेक्नोलोजी फेस्टिबल उपयुक्त माध्यम हुने उहाँको विश्वास छ । विद्यालयमा हरेक वर्ष यस्ता कार्यक्रमलाई निरन्तरता दिने कलेजका प्रोफेसर इन्जिनियर हरि भण्डारी बताउनुहुन्छ ।
अक्सफोर्ड कलेजको टेक्नोलोजी फेस्टिबल–२०२३को पहिलो संस्करण सम्पन्न
अक्सफोर्ड कलेजको टेक्नोलोजी फेस्टिबल–२०२३को पहिलो संस्करण सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




