लमजुङ/लमजुङको राइनास नगरपालिका वडा नं. ६ धमिलिकुवामा रहेको गौलीटार क्षेत्रीय खेल मैदानमा ‘दोश्रो राइनास कप २०७९ खुल्ला फुटवल प्रतियोगिता’ सुरु भएको छ । गौलीटार क्षेत्रिय खेल मैदान समितिको आयोजनामा सुरु भएको प्रतियोगिता अन्र्तगत विहिवार तिन खेल भएका छन् ।
सभ्य सृजन युवा क्लव स्याउली र राइनास ५ तिनपिप्ले विच भएको पहिलो खेलमा एकका विरुद्ध ५ गोल गरी सभ्य सृजनले अग्रता कायम गरेको छ । उक्त खेलमा सभ्य सृजनका मनोज तामाङ तिन गोल गरी म्यान आफ दि म्याच घोषित भए ।
नवकिरण युवा क्लव राइनास ७ गरमबेसी र YES GROUP वाईस जागर तनहुँ विच भएको दोस्रो खेलमा निर्धारित खेल समयमा ३ –३ गोलको वरावरी भएपछि ट्राइबे्रकरमा ४ का विरुद्ध ५ गोल गर्दै यास ग्रुप वाईसजाँगर दोस्रो चरणमा प्रवेश गरेको छ । सो खेलमा यास ग्रुपका आशिस श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएको आयोजक गौलीटार क्षेत्रिय खेल मैदान समिति सचिव सिताराम पाण्डेले जानकारी दिनुभयो ।
चेपेआदर्श युवा क्लव लामागाउँ पालुङटार र के.वाई.सि. काउरेटार तनहुँ विच भएको विहिवारको तेस्रो तथा अन्तिम खेलमा ६ –शुन्यको फराकिलो गोल अन्तरले चेपे आदर्श लामागाउँले अग्रता लिएको छ । उक्त खेलमा चेपेआर्दशका अम्वीक दुरा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा १८ टिम सहभागि छन । प्रतियोगिताको उद्घाटन वुधवार गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङले गर्नुभएको हो । प्रतियोगिताको विजेताले २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेतालाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई पुरस्कार स्वरुप नगद २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पाँच÷पाँच हजार र प्रमाणपत्र पुरस्कार रहेको छ । हरेक खेलमा ‘म्यान अफ दि म्याच’घोषणा गरि १ हजार रुपैयाँ दिइने आयोजक गौलिटार खेलमैदान समिति अध्यक्ष किरण श्रेष्ठले वताउनुभयो ।




