• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राष्ट्रपति भण्डारी बागलुङमा

"कालिका मन्दिरमा विशेष पूजाअर्चना "

  •   बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
  • बागलुङ/ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गरेकी छन् । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गरकी हुन् । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ आएकी राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गरेकी थिइन् ।

    Advertisement

    उनी बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताए । राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गरेका थिए ।

    राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गरेकी थिइन् । मूल पुजारी खड्काले उनलाई पूजाअर्चनामा सहयोग गरेका छन् । पूजाअर्चना पूर्व राष्ट्रपति भण्डारीले कालिका मन्दिरको परिक्रमा गरेकी थिइन् । कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गरिन् ।

    राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेखेकी छन्, “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरु, कर्मचारी एवं नागरिक समाजलाई विषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

    बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उनलाई कृतज्ञता पत्र र विशेष मायाको चिनो दिएर बिदाइ गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचारप्रसार र बागलुङको विकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरा सहितको कृतज्ञतापत्र प्रदान गरेका थिए । नेपालका पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै बढ्ने बताउँदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रलाई भव्य बनाउन सबैले सहयोग गरेको बताइन् । अहिले बागलुङ कालिका मन्दिरलाई पुनःनिर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिँदैछ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हरेक महिना ठूलो सङ्ख्याका दर्शनार्थी आउने गर्दछन् ।

    हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुने र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ । पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यरोहण गरेका थिए ।

    उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी इतिहासमा पाइन्छ । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

    वर्षको दुई पटक चैते दसैं र बडा दसैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुँदैँ आएको छ । नियम पूजामा पञ्चबलि चढाइन्छ । सामान्यतया पाँच बलि अन्तर्गत एक बोका, दुई राँगो, तीन कुखुरा, हाँस परेवा र पाँच सुङ्गुर पर्दछन् । भक्तजनले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने तथा देवीलाई बलि दिनका लागि बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् । बागलुङ नगरपालिका– १ मा मन्दिर अवस्थित छ । पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरी साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखले घेरिएको दृश्य देख्न पाइन्छ ।

    बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका दर्शनार्थी बागलुङ पुग्ने गर्छन् । सडकमार्गहुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । -रासस

    बुधबार, फागुन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.