चितव/रेडियो भरतपुरले लकडाउनकै समयमा आफ्नो समाचारको धुन परिवर्तन गरेको छ । नयाँ समाचारको धुन आज आधुनिक प्रबिधिको प्रयोग गर्दै सार्बजनिक गरिएको हो । बिज्ञापन व्यावसायि एबम एन.आई.सि एसिया बैंकका संचालक राजेन्द्र अर्यालले ल्याबटपबाट उक्त धुन सार्बजनिक गरेका छन् । बिगत एक दशक देखि संचालित रेडियोको नाम संगै सबै कुरा परिवर्तन गरिएको छ । कलसाईन परिवर्तन संगै रेडियोले जिल्लामा लोकप्रियता कमाएको छ ।
सृजनात्मक र रचनात्मक कार्यक्रमको साथमा स्थानीय स्तरमा रेडियो भरतपुर आवाज बिहिनहरुको आवाज बन्न सफल भएको रेडियोका अध्यक्ष नवीनराज पौडेलको भनाई छ । पौडेलले समय अनुकूल रेडियोको क्षमता र प्रबिधि परिस्कृत गरिएको जानकारी दिए!जनतालाई सुसूचित गर्दै समाचारलाई प्रबाबकारी बनाउन नयाँ धुन बनाईएको उनले बताए !धुन सार्बजनिक गर्दै बिज्ञापन व्यावसायि राजेन्द्र अर्यालले जस्तोसुकै संकटको समयमा सञ्चारमाध्यमको भुमिका महत्त्वपूर्ण हुने र सञ्चारमाध्यमले सरकारमाथि निगरानी गर्ने गरेको बताउनुभयो । उहाँले सबै खाले बेथिति र अन्याय विरुद्ध बोल्ने काम रेडियोले गरेको र यसको प्रभाव गाउँ गाउँमा रहेको दाबी गर्नुभयो ।
रेडियोले समाचार ,गित संगीत संगै मनोरञ्जन र ब्रान्डिङको काम गर्नुपर्नेमा उहाँको जोड थियो !अर्याल संचालक रहेको एन आई सि एसिया बैंकले ब्रान्डको भ्यालु र पोजिसन ब्रेक गरेकोले चौतर्फी प्रशम्सा भएको छ । स्मरण रहोस् अर्यालले संचालन गरेको त्रिकोण एड नेपालमा ठुला ठुला ब्रान्ड जस्तैः आयो नुन, गोरखकाली टायर, भाटभटेनि, आर एम सि, फेमिली तेल सहित थुप्रै बैक बित्तीय सस्था र कर्पोरेट कम्पनीको बिज्ञापन बनाएर स्थापित भएको छ ।




