काठमाडौं /ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५”निस्कासन गरी बिक्री खुला गरेकोे छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋण पत्र अंकित मूल्यका ५० लाख कित्ता ऋण पत्र मिति २०७९ माघ २९ गते देखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋण पत्र मध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋण पत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋण पत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सर्वसाधारणलाई निस्कासन गरिएको ऋण पत्र मध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्रि हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्रि गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋण पत्र खरिद गर्न सक्नेछन । बैंकद्धारा जारी गरिएको ऋण पत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्दहुने गरी तोकिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋण पत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्ध वार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।
बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानी कर्ताले मेरो सेयर मार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्रप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखाकार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा ३६५ शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।




