भरतपुर/सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ शुरु भएको छ । भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिर परिसरमा सोमबार एक कार्यक्रमका विच श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ को वाग्मति प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले उद्घाटन गरेका हुन् । उनले असल नियतका साथ शुरु गरिएको माहायज्ञमा सबैले सहयोग गर्न अनुरोध गरे । मन्त्री थपलियाले योजना सहित आएमा आगामी वर्षको बजेटमा मन्दिरको लागि आर्थिक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
मन्दिरमा निर्माणाधिन क्रममा रहेको सत्तललाई पुर्णता दिन र थप भौतिक पूर्वाधार विकासका लागि महायज्ञ लगाइएको श्रीराम मन्दिर समितिका अध्यक्ष एवम् महायज्ञ मुल समारोह समितिका संयोजक यम प्रसाद आचार्यले बताए । उनका अनुसार ५० लाख रुपैँया महायज्ञबाट संकलन गर्ने लक्ष्य छ । झण्डै एक दशक अघि १ करोड लागत अनुमान गरेर तीन तले भवन निर्माण शुरु भएपनि आर्थिक अभावका कारण सत्तलको भुईंतला समेत निमार्ण हुन सकेको छैन् । अध्यक्ष आचार्यले भने – ‘यस पटक महायज्ञबाट हामीले भुईंतलालाई पुर्णता दिने लक्ष्यमा छौँ ।’
२०२३ सालमा स्थापना भएको यस मन्दिरका लागि स्थानिय धर्मप्रेमी स्व. हवल्दार सन्तमान श्रेष्ठबाट ३ कठ्ठा र स्व. तेजमान श्रेष्ठबाट १ कठ्ठा जग्गा दानगरी दैनिक पूजापाठ आरम्भ भएको थियो । देउसी भैलो र विभिन्न दाताको सहयोगमा मन्दिरक बनेका संरचनामा धार्मिक कार्यहरु सञ्चालन हुदैँ आएको थियो । महायज्ञबाट संकलित रकमले धर्मशाला निर्माण गरि मन्दिरलाई धामको रुपमा विकास गर्ने समितिको योजना छ। महायज्ञ अवधिभर नगदसंगै तुलादान, भूमिदान समेत गर्न सकिने मन्दिर व्यवस्थापन समितिका सचिव सुर्य बहादुर अधिकारीले बताए ।
अनाथ आमा आश्रम नेपालका संरक्षक अठार पुराणका कथा वाचक नारायण कृष्णचरणामृत न्यौपानेले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गर्नेछन् । महायज्ञ शुभारम्भ अघि शोभा यात्रा समेत निकालिएको थियो । माघ २३ गतेबाट सुरु भएको महायज्ञ २९ गतेसम्म चल्नेछ ।
सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ
सत्तल सहितको भौतिक पूर्वाधार निर्माणका लागि श्रीराम मन्दिरमा महायज्ञ
Advertisement
तपाईको प्रतिक्रिया




