माडी /माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी (e-payment) सेवाको शुभारम्भ गरेको छ । सेवा आज माडी नगरपालिका कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगर उपप्रमुख खेम प्रसाद महतोले शुभारम्भ गर्नु भयो। कार्यक्रममा संक्षिप्त मन्तब्य राख्नु हुँदै नगर उपप्रमुख महतोले माडी नगरपालिका मार्फत प्रदान गरिने सेवा सुबिधामा नगरबासीको सहज होस् भन्ने हेतुले सेवालाई विकेन्द्रित र आधुनिक प्रविधि मैत्री बनाउने हेतुले विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले माडीबासीको सहजताका लागि माडी नगरपालिकाका अन्य सेवालाई समेत विकेन्द्रित गर्दै वडा स्तरबाटै प्रदान गर्न लागि माडी नगरपालिकाले क्रमश: काम गर्दै जाने उल्लेख गर्नुभयो ।
यो सेवा संचालनमा आए पश्चात अब विद्युतीय वालेट हुने नगरवासीले कर तिर्नका लागि नगरपालिका सम्म धाउनु पर्ने समस्याको अन्त्य भएको नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो । यो सेवा लिनका लागि माडीबासीहरुले नगरपालिकाको कर प्रणालीमा गई आफ्नो कर आईडी बनाउनु पर्ने हुन्छ । एकपटक आईडी बनाएपछी इ-सेवा,खल्ती,फोन-पे लगायतका विद्युतीय वालेटहरू मार्फत् आफ्नो कर भुक्तानी गर्न सकिने र त्यसको रसिद पनि लिन सकिने अधिकृत भण्डारीको भनाइ छ ।
माडी नगरपालिकाले यस अगाडी नै साउन १ गते देखि वडाबाट नै सम्पत्ति कर तिर्न सकिने व्यवस्था मिलाएको छ ।
Advertisement




