• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तारकेश्वरको ऐतिहाँसीक “प्रथम मेयर रनिङसिल प्रतियोगिता” सम्पन्न

"हिमरश्मी एक लाख नगद सहित प्रतियोगिता बिजेता "

  •   सोमबार, माघ १६, २०७९ मा प्रकाशित
  • तारकेश्वर /‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ तारकेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । तारकेश्वरको खेल इतिहाँसमानै पहिलो पटक सर्वाधीक पुरस्कार राशी र सर्वाधीक खेलाडीको सहभागीता रहेको यस प्रतियोगिता माघ १२ गते देखि १४ गते सञ्चालन भएको थियो । प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका १८ वर्ष कम उमेर समूहका १९७६ खेलाडीको सहभागीता रहेको थियो ।
    पाँच विधामा ६४ समुहका खेलाडीहरु बिचको प्रतिष्पर्धा रहेको प्रथम मेयर रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, पाँच रजत र नौं कास्य पदक सहित २६ पदकका साथ हिमरश्मी स्कुल पहिलो बनेको छ । हिमरश्मीले नगद रु एक लाख सहित, ट्रफि, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।
    निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक रहेको प्रतियोगितामा आठ स्वर्ण, चार रजत र छ कास्य पदक सहित १८ पदकका साथ लालीगुँरास नेशनल एकेडेमी दोस्रो भएको छ । लालिगुराँसले रु ६० हजार नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र हात पारेको छ ।
    त्यस्तै पाँच स्वर्ण, दुई रजत र दुई काश्य पदक सहित ९ पदकका साथ किन्डर गार्डेन स्कुल तेस्रो भएको छ । किन्डर गार्डेनले रु ४० हजार नगद, नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
    यसैगरी चार स्वर्ण, पाँच रजत र तीन काश्य पदक सहित १२ पदकका साथ तारकेश्वर १० मा रहेको एन्जल हार्ट माविले सान्त्वना पुरस्कार पाएको छ । एन्जल्स हार्टले रु २० हजार नगद सहित ट्रफि, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
    प्रतियोगितामा सहभागी भएका ३४ सामुदायिक तथा संस्थागत विद्यालय मध्य १२ विद्यालयले स्वर्ण, १९ विद्यालयले रजन, १९ विद्यालयले कास्य जित्न सफल भए । खेलमा सहभागी भएका ११ वटा विद्यालयले एउटा पनि पदक जित्न नसकि खाली हात र्फकिए । त्यस्तै पदक जितेका स्कुल मध्य पनि ११ स्कुलले रजत र कास्य पदक मात्र हात पारे ।
    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगद पुरस्कार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र बितरण गर्नुभयो । समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले पहिलो पटक आयोजना गरेको प्रयितयोगितामा झमेला नभई सम्पन्न हुनु भनेको आफैमा महत्वपुर्ण रहेको बताँउदै प्रतियोगितामा सहभागीता जनाउने विद्यालय, विद्यार्थी र अविभावकहरु सबैलाई धन्यवात दिनुभयो ।
    नगरपालिकाले प्रतियोगिताका लागि तयार पारेको खेल तारकेश्वरको, सन्देश एकताको भन्ने नारा वास्तवमानै सावित भएको बताँउदै नगरप्रमुख महर्जनले पदक बिजेता खेलाडीहरु सहित सहभागी विद्यालयहरुलाई धन्यवात दिंदै प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी विद्यार्थीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
    तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पुर्णकाजी महर्जन, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा सहित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरु, खेलकुदका प्रशिक्षकहरु, खेलाडीहरु सहित नगरवासीहरुको उपस्थीति रहेको थियो ।
    समापन कार्यक्रमको तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सञ्चालन गर्नुभएको थियो भने खेलकुद कार्यक्रमका संयोजक राजेन्द्र तिमिल्सीनाले खेलकुद कार्यक्रमको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
    प्रतियोगितामा बिभिन्न पाँच विधामा प्रतिष्पर्धा गराइएको थियो । जस अनुसार फुटबल, भलीबल र कवडी खेल,मार्सल आर्ट अन्तर्गत टेक्वान्डो, कराँते र उसु प्रतियोगिता भएका थिए । त्यस्तै ट्रयाक एण्ड फिल्ड अन्तर्गत हाइजम्प, लङजम्प, भारातोलन र ज्याभ्लीङ थ्रो साथै १ सय, २ सय, ४ सय र ८ सय मिटर दौड प्रतियोगिता भएका थिए ।

    Advertisement

    सोमबार, माघ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.