माडी /२४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको उपाधि सेन्ट्रल कलेज आर.एफ.सी. रामपुरले उचालेको छ। उस्ले डिफेन्डिङ च्याम्पियन के.बि.ए. ग्लोबल बि.एफ.सी. भरतपुरलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधिमा बाजी मारेको हो।
भरतपुरले माडी -११ लाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने रामपुरले चित्लाङ फुटबल क्लब काठमाडौंलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लबको आयोजनामा माघ ७ गतेबाट सुरु भएको प्रतियोगितामा माडीको १ टिम सहित ८ टिमको सहभागिता रहेको थियो । रामपुरले उपाधि संगै नगद ३ लाख हात पार्दा भरतपुरले भने १ लाख ५० हजारमा चित्त बुझायो । दुवै टोलीले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसै गरि विधागत रुपमा बेष्ट गोल किपर, डिफेन्स, मिडफिल्डलाई जनही १० हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, बेस्ट कोचलाई ७ हजार, नवप्रतिभाशाली खेलाडी र बेस्ट टिमलाई १२ हजार ५ सय नगद सहित सम्मानित गरिएको आयोजकको भनाइ छ ।
Advertisement




