चितवन/भरतपुर -११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडमीले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई स्टार्स मन्टेश्वरीले अक्षरारम्भ गराएको हो ।
“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ” भन्ने मुल नाराका साथ २०६७ सालदेखि सञ्चालनमा रहेको स्टार्स मन्टेश्वरीमा नयांँ बालबालिकाहरुको बाक्लो सहभागिता रहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए । शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँ आएको स्टार्स मन्टेश्वरीमा श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर मन्टेश्वरीले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो ।
शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै आएको स्टार्स मन्टेश्वरीमा प्लेग्रुप , नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन्न । दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन गरिने मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।
स्टार्स मन्टेश्वरी एकेडेमीमा बालबालिकालाई अक्षरारम्भ
स्टार्स मन्टेश्वरी एकेडेमीमा बालबालिकालाई अक्षरारम्भ
Advertisement
तपाईको प्रतिक्रिया




