भरतपुर/“मेरो फोहर, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ भरतपुर महानगरपालिका वडा नं. ९ को आयोजनामा प्लाष्टिकजन्य फोहरबाट हस्तकला सामाग्री बनाउने सम्बन्धि दुईदिने प्रशिक्षण तालिमको सम्पन्न भएको छ । तालिममा करीब दुई दर्जन भन्दा बढीको सहभागिता रहेको आयोजक संस्था भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कँडेलले जानकारी दिनुभयो । भरतपुर ९ का यस्ता खाले तालिमको आवश्यकता थियो वडा मार्फत दिईएको तालिमका सहभागीहरुले प्राथमिकताका साथ तालिम लिनुभएको र अब यसलाई व्यवहारमा उतारेर काम गर्नुहुनेछ भन्ने विश्वास रहेको बताउनुभयो ।
Advertisement






