चितवन/स्वस्तिक नेपाल नामक ग़ैर सरकारी संस्थाले मंगलबार भरतपुरमा आयोजना गरेको ख़ूल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन । स्वस्तिक नेपालका पूर्व अध्यक्ष सुदीपसिंह अधिकारी एब सदस्य सूजन सिंह अधिकारीका पिता नेपाली सेनाका पुर्ब सेनानी समाजसेवी स्वर्गीय झलकमान सिंह अधिकारीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । स्वस्तिक नेपालका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम भरतपुर -११ मा रहेको धावन रिक्रिएशन परिसरमा भएको हो ।कार्यक्रममा सस्था संस्थापक अध्यक्ष हिरामान महर्जन , पुर्ब अध्यक्ष सुदीपसिंह अधिकारी , पुर्ब अध्यक्ष भरत मल्ल ,भरतपुर महानगरपालिका वडा नं ३ का वडा सदस्य राम बहादुर लोहनी ,चेंबर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अर्जुन अधिकारी, नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरे लगायत विभिन्न संस्था का प्रतिनिधी स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । वि.स २०६३ सालमा स्थापना भएको स्वस्तिक नेपालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ ।
४३ जनाले गरे रक्तदान
४३ जनाले गरे रक्तदान
तपाईको प्रतिक्रिया




