काठमाडौं /नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।टियु क्रिकेट मैदानमा हुने सिरिजमा नेपालले नामिबिया र स्कटल्याण्डसँग खेल्नेछ ।
Advertisement
पहिलो खेल नेपालले फेब्रअरी १४ मा नामिबियासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो र स्कटल्याण्डसँग फेब्रुअरी २१ मा अर्को खेल खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ ।स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ ।नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ ।




