भरतपुर /भरतपुर ८ गौरीगञ्जमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । ज्योति युवा क्लब गौरीगञ्जको आयोजनामा शनिबार स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । मौलाकालिका अस्पताल प्रा.लि भरतपुर संगको सहकार्यमा भएको कार्यक्रममा बिभिन्न बिधा र उमेर समुहका गरी ४०३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा छाला तथा बाल रोग, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल फिजिसियन सेवा, मधुमेह, थाइराइड र रक्तचापको जाँच गरिएको थियो भने औषधीसमेत निशुल्क वितरण गरिएको थियो ।
ज्योती युवा क्लबका अध्यक्ष उमाकान्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा मौलाकालिका अस्पताल प्रा.लि का प्रबन्ध निर्देशक केशवराज भुर्तेल प्रमुख अतिथि रहनुभएको थियो । भुर्तेलले सामान्य खर्चको अभावमा रोगको पहिचान गर्न समेत नपाएका र आफ्नो स्वास्थ्य जाँच गराउन खासै ख्याल नगर्ने हरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताउनुभयो।
उहाले समुदायका धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य भएको आफुहरु अवगत रहेकाले पनि यस कार्यक्रम गर्नु आवस्यक रहेको बताउनु भयो। साथै उहाले बच्चा देखि वृद्ध सम्म सबैलाइ एकै ठाउमा सेवा दिन पाएकोमा खुसी ब्यक्त गर्नुभयो। ज्योती युवा क्लब गौरीगञ्जका अध्यक्ष उमाकान्त कंडेलले बिशेषज्ञ डाक्टर द्वारा शिविर सम्पन्न गरिएको र स्वास्थ्य परिक्षण गर्न आउनेहरु खुसी भएको बताउनुभयो।
कार्यक्रमका बिशिस्ट अतिथि वडा नं. ८ का वडाध्यक्ष जिवनाथ कंडेलले आफ्नो वार्डमा यो किसिमको शिविर आयोजना गरिएको प्रती आफुलाइ खुसी लागेको बताउदै क्लबलाई धन्यवाद दिनु दिनुभयो। भरतपुर हेल्थपोष्ट गौरीगञ्जकि प्रमुख ईश्वरी तिवारीले क्लब हरुले समय समयमा गर्ने शिविरले समाजमा सकारात्मक परिवर्तन ल्याउन भुमिका खेलेको बताउनु भयो।
कार्यक्रमका संयोजक अमित सापकोटाले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले मात्र नभई बेला बेला आफ्नो स्वास्थ जाँच गराउनु भनेको ठूलो समस्या बाट बच्नुहो भन्ने सिकाउनका लागि पनि शिविरको आयोजना गरिएको बताउनु भयो। युवाहरु आफ्नो भबिस्य निर्माणका साथै समाज र रास्ट्रको भविस्यमा पनि सचेत हुनुपर्ने र त्यस तर्फ आफुहरुको ध्यान जानुपर्ने धारणा ब्यक्त गर्नुभयो। भरतपुर ८ मा आयोजना गरिएको शिविरमा विभिन्न उमेर समुहका ७ र ९ नम्बर वडाका वडाबासीले समेत स्वास्थ्य जाँच गाराएका छ्न।




