नेवा पत्रकार राष्ट्रिय दवु चितवनले देवघाटधाममा भक्तालुहरुलाई चियापान गराएको छ । हरेक वर्ष माघ १ गते देवघाटधाममा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । मेलामा नेपाल सहित भारतबाट समेत भक्तजनहरु आउने गर्दछन ।
Advertisement
चिसोको समयमा रातभर जाग्राम बसेर पुजाआजा गरेका भक्तजनहरुलाई मध्यनजर गर्दै नेवा पत्रकारले चियापान आयोजना गरेको दवुका जिल्ला अध्यक्ष एवं कार्यक्रम संयोजक अनुज जोशीले जानकारी दिनुभयो ।

चियापान कार्यक्रमलाई एस एण्ड पि अडिटिङ कम्पनीले सहयोग गरेको हो । कार्यक्रममा एस एन पि अर्डिट फर्मका सञ्चालक, युवा व्यवसायी एवम् समाजसेवी सूर्य श्रेष्ठले कार्यक्रममा सहयोग गर्नुभएको थियो । श्रेष्ठले आगामि दिनमा हुने नेवा पत्राकारहरुको अन्य कार्यक्रमहरुमा समेत आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।




