चितवन/चलचित्र पत्रकार संघ नेपाल चितवनले आठौं जिल्ला साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । संघको आठौं जिल्ला साधारण सभा तथा अधिवेशनले गोविन्द अर्यालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । अधिवेशनले समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् भने यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेमप्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देवकोटा र युवराज शर्मा चयन भएका छन् ।
यसैबीच अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निवर्तमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए । निवर्तमान अध्यक्ष अधिकारीले दुई कार्यकाल संघको नेतृत्व लिएका थिए । नवनिर्वाचित अध्यक्ष अर्याल चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक हुन् । संघको नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।
चलचित्र पत्रकार संघ चितवनमा गोविन्द अर्यालको नेतृत्व
चलचित्र पत्रकार संघ चितवनमा गोविन्द अर्यालको नेतृत्व
Advertisement
तपाईको प्रतिक्रिया




