• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

पश्चिम चितवन पत्रकार मञ्चका पदाधिकारीहरु सम्मानित

"पत्रकारको क्षमता विकाससहित दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड "

  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
  • भरतपुर/आम सञ्चार प्रतिष्ठान नेपालद्धारा सञ्चालित रेडियो साईनो चनौलीले पश्चिम चितवन पत्रकार मञ्चका पदाधिकारीहरुलाई सम्मान गरेको छ । निर्वतमान उपाध्यक्ष अनिल भट्टराईको अध्यक्षतामा निर्वाचित १७ सदस्यीय नया कार्यसमितिलाई बधाई एवं सम्मान गरेको हो ।मञ्चको गत पौष २३ गते भएको प्रथम साधारण सभा एवं अधिवेशनले अनिल भट्टराईको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए । सोही अवसरमा चनौली पार्टी प्यालेसमा भएको कार्यक्रममा साईबर सुरक्षा सम्बन्धि प्रशिक्षण समेत भएको छ । डा. रामहरि सुवेदीले साईबर सुरक्षाबाट कसरी बच्न सकिन्छ ? भन्ने विषयमा प्रशिक्षण भएको हो ।

    Advertisement

    बधाई एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले पश्चिम चितवनको विकासका लागि पहल गर्न पत्रकारहरुलाई आग्रह गरे ।भुगोलमा रहेर सुरक्षित पत्रकारिता गर्ने बातावरण निर्माण गर्ने उनले बताए । उपप्रमुख अधिकारीले आफ्ना कार्यहरुको पनि खबरदारी गर्न सुझाव दिएका छन् । ‘हामीले जानेर नजाने कहिलेकाही गल्ती गरेका हुनसक्छौं’, उनले भने, ‘हामीलाई सच्याउनका लागि पनि यहाँहरुले लेखिदिनुपर्छ ।’

    यस्तै नेपाल पत्रकार महासंघ चितवनका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठले पश्चिम चितवनको पत्रकारिता ईतिहासका बारेमा धारणा राखेका छन् । रोजगारीका लागि भारत गएको स्मरण गर्दै उनले पत्रकारिताको बाटो सहज नभएको बताए । ‘त्यो बेलाको संर्घष फरक थियो उनले भने,‘ अहिले धेरै अपडेट भएको छ, त्यसलाई पछ्याउन जरुरी छ ।’ कार्यक्रममा मञ्चका अध्यक्ष अनिल भट्टराईले भुगोलमा केन्द्रिकृत भएर पत्रकारिता गर्ने बतावरण निर्माण गर्ने बताएका छन् । बधाई एवं सम्मानप्रति खुसि व्यक्त गर्दै उनले काम गर्न थप उर्जा मिलेको बताए । पश्चिम चितवनको भुगोललाई थप विकास गर्न बहस चलाउने अध्यक्ष भट्टराईले बताए । १ वर्ष अघि स्थापना भएको संस्थाले पुर्वाधार निर्माण देखि पत्रकारको क्षमता विकास गर्न कार्यक्रम ल्याउने उनले बताए । अग्रज पत्रकार नवराज ढकालले मञ्चले छोटो समयमा धेरै फड्को मारेको खुसि व्यक्त गरेका छन् । उनले संस्थाको कार्यालय निमार्ण देखि बाँकी कार्यक्रमहरुमा सहयोग गर्ने बताए । उर्जाशिल नेतृत्व आएकाले बाँकी कार्यकाल सफल हुने पत्रकार ढकालले विश्वास व्यक्त गरे ।

    अग्रज पत्रकार एवं समाजसेवी विष्णु ढकालले अहिलेको पुस्ता निमार्णमा आफ्नो भुमिका रहेको दाबी गरे । उनले पत्रकार मञ्चले दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए । कार्यालय भरतपुर २० मा राख्ने निर्णयबाट खुसि व्यक्त गर्दै आवश्यक सहयोग गर्न तयार रहेको ढकालले बताएका छन् । कार्यक्रमका सभापति, रेडियो साईनोकी अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव सिर्जना अर्यालले पत्रकारको क्षमता विकास आफ्नो प्राथमिकता रहेको बताईन् । उनले सुरक्षित पत्रकारिताको बतावरण बनाउन पहल गर्ने बताईन् । छोटो समयमा गरिएको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको उनले बताईन् । कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष अपिल घिमिरे, रेडियोका सञ्चालक सदस्यहरुले मन्तव्य राखे । मञ्चका पदाधिकारीहरु उपादध्यक्षद्धय हेमराज रिमाल र संगीता बाँनिया, सचिव रविन सुवेदी, सहसचिवद्धय विनिता श्रेष्ठ र विवेक पोखरेल लगायत कार्यसमिति सदस्यसहित पश्चिम चितवनका पत्रकारहरु सहभागी थिए ।

    बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.