• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

तारकेश्वर नगरपालिकाको १२ औं नगरसभा सम्पन्न


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • काठमाण्डौं /तारकेश्वर नगरपालिकाको १२ औं नगरसभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको सभाहल धर्मस्थलीमा सम्पन्न नगरसभामा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाको अर्धबार्षिक समिक्षा तथा प्रगति विवरण प्रस्तुत गदै ११ औं नगरसभाले निर्दीष्ट गरेको लक्ष्य अनुरुपको उपलव्धीहरु हाँसील भइरहेको बताउनुभयो ।

    Advertisement

    निर्वाचनमा क्रममा व्यक्त गरेका प्रतिबद्धता र जनताको आवश्यकता चाहनालाई प्राथमीकतामा राखी निर्माण गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको बताँउदै नगप्रमुख महर्जनले तारकेश्वर नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका विभिन्न क्षेत्रको विकास र समृद्धिका कार्यक्रमहरु अघि बढाउनु मुख्य दायित्व र कर्तव्य रहेको बताउनुभयो ।
    स्थानीय सार्वजनीक सेवालाई जनताको धरदैलोसम्म पुर्याउने जिम्मेवारी आफैमा धेरै महत्वपुर्ण विषय रहेको बताँउदै नगरप्रमुख महर्जनले चालु आर्थिक बर्षका नीति तथा कार्यक्रम र बजेटमा शुद्ध खानेपानी सहितको एक घर एक धारा, फोहरमैला व्यवस्थापन, बिपद व्यवस्थापन, पर्यटन प्रवर्दन, सडक बत्ती, सिसि क्यामेरा जडान गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

    नगरसभालाई सम्बोधन गदै प्रमुख महर्जनले करको दायरा बढाउने, करको दर घटाउने नीति अनुरुप “स्वेच्छिक सहभागिता सहितको कर, विकासको आत्मनिर्भर उन्मुख नगर” को नारालाई कार्यान्वयन गर्न तारकेश्वर नगरपालिकाको चालु आर्थिक बर्ष २०७९÷०८० मा २५ करोड ५ लाख ३३ हजार आन्तरिक राजश्व लक्ष्य लिइएकोमा २०७९ मंसिर सम्म १३ करोड ४१ लाख ५३ हजार अर्थात ५३.५५ प्रतिशत राजश्व प्राप्त भइसकेको बताउनुभयो ।
    नगरप्रमुख महर्जनले पुर्वधार तर्फ चालु आर्थिक बर्षको पुस २० सम्म ४ किलोमिटर सडक कालोपत्रे, १४७४ मिटर लान, २६१२ मिटर स्तरोन्नती, ३३४ मिटर ढल व्यवस्थापन, २२३२ मिटर डिमार्केशन वाल निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्नुभयो ।

    नगरसभालाई सम्बोधन गदै संविधान सभा सदस्य एवं पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानले केन्द्र, प्रदेश र स्थानीय निकायको समन्वयमा काम हुन सकेमा २० बर्षमा नेपाल समृद्ध बन्ने दाबी गदै विकासमा सबै राजनैतिक दल बिच एकता हुनुपर्ने बताउनुभयो ।
    नगरपालिकामा नयाँ नेतृत्व आएसंगै जनतामा धेरै आसा र अपेक्षाहरु रहेको बताँउदै नेता प्रधानले छिटो, छरितो र जनतालाई सहज हुने गरी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

    नगरपालिकाले हाल सम्म लक्ष्यको आधा भन्दा बढी आन्तरीक राजश्व उठाउन सफल भएकोमा खुसी व्यक्त गदै नेता प्रधानले नीति, बजेट र कार्यक्रमले र्निदिष्ट गरेको लक्ष्यहरु पुरा गर्नका निम्ती सुभकामना व्यक्त गर्नुभयो ।
    तारकेश्वर नगरपालिकाको उत्तरी पहाडी भागहरुमा पर्यवरणलाईनै हानीहुने गरि जग्गा प्लटीङ भइरहेको बताँउदै नेता प्रधानले त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा संविधान सभा सदस्य एवं पुर्व राज्यमन्त्री रामविर मानन्धरले नगरपालिकाकाले छोटो समयमा निकै महत्वपुर्ण कामहरु गरेकोमा खुसी व्यक्त गदै राजनीतिबाट निरास जनतामा थोरै आशाका किरणहरु झल्कन थालेको बताउनुभयो ।
    काठमाण्डौं क्षेत्र नं ६ ख का प्रदेश सभा सदस्य अमन मास्केले केन्द्र, प्रदेश र स्थानीय निकायहरुमा कार्यक्रमहरुको डुव्लीकेशन भइरहंदा विकासमा समस्या भइरहेको बताँउदै विकास निर्माणको काममा तिनै तहले हातेमालो गरेर काम गर्नुपर्ने बताउनुभयो ।
    राम्रो काममा पार्टीले बिरोध गरेपनि आफुले सहयोग गर्ने बताँउदै नेता मास्केले विकासको काममा तारकेश्वर नगरपालिकासंग हातेमालो गरेर आफु अगाडी बढन तयार रहेको बताउनुभयो ।
    तारकेश्वर नगरपालिकाका करारका कर्मचारीहरुको बिषयमा कुरा उठने गरेको बताँउदै नेता मास्केले करारका कर्मचारीहरुलाई बिस्थापन नगरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
    तारकेश्वर नगरपालिकाका पुर्व प्रमुख रामेश्वर बोहराले नगरपालिकाका कामकारबाहीका बारेमा बजारमा नकारात्मक टिका टिप्पणी हुने गरेको बताँउदै जनताको हितमा हुने गरि काम कारबाही गर्न सुझाब दिनुभयो ।
    नगरसभालाई सम्बोधन गदै पुर्व नगरप्रमुख बोहराले तारकेश्वर नगरपालिकामा कर्मचारीहरुले शासन गर्न खोजेको आरोप समेत लगाउनुभयो ।
    कार्यक्रममा नेकपा एमाले तारकेश्वरका सचिब राजु तिमिल्सीनाले नगरस्तरीय योजनाहरुमा वडा अध्यक्षहरुलाई स्वविवेकीय रुपमा खर्च गर्न दिएमा दुरुपयोग हुन सक्ने बताँउदै त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सहभागीहरुलाई धन्यवात व्यक्त गदै नगरउपप्रमुख सृजना बुर्लाकोटी अर्यालले न्याय सम्पादनलाई सहज र प्रभावकारी बनाई मेलमिलाप नीतिलाई सर्बोपरी कार्यान्वयन गर्न केन्द्र र वडा तहमा मेलमिलाप केन्द्रहरुको स्थापनाका लागि प्रकृया सुरु गरिएको बताउनुभयो ।
    चालु आर्थिक बर्षको हाल सम्म गत आर्थीक बर्षको बाँकी मुद्धा समेत गरी जम्म ८० वटा वििभन्न प्रकृतिका मुद्धा दर्ता भएकोमा १६ वटा मेलमिलाप भएको, ६ वटाको फैसला भएको र अन्य हेर्दाहेैको अवस्थामा रहेको बताँउदै उपप्रमुख अर्यालले न्यायीक निरुपणको मुद्धाहरुको प्रगति २७.५० प्रतिशत रहेको बताउनुभयो ।
    कर्मचारी र जनप्रतिनिधि एक अर्काका अभिन्न अंग रहेको बताँउदै उपप्रमुख अर्यालले दुवै पक्षले सहकार्य गरेर तारकेश्वरको विकासमा जुटेको बताउनुभयो ।
    केन्द्र र संघका बजेटहरु कार्यकर्ताको पालन पोषण गर्नेगरी बिनियोजन हुने गरेको तितो यथार्थ रहेको बताँउदै नगर उपप्रमुख अर्यालले तारकेश्वरले त्यस्ता कार्यक्रम नल्याएको दावी गर्नुभयो ।

    नगरसभामा तारकेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
    तारकेश्वर नगरपालिका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगीले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय न्यायीक प्रतिष्ठानका निर्देशक श्रीकृष्ण मुल्मी सहितले नगरसभाको सफलताको कामना गर्नुभएको थियो ।
    नगरसभामा केन्द्र र प्रदेशमा नवनिर्वाचीत क्षेत्र नं ६ र ७ का जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

    नगरसभामा नगरप्रमुख कृष्ण हरि महर्जनले तारकेश्वर नगरपालिका वडा नं ३ मा सडक दुर्घटनामा परी ज्यान गुमाएका युवक सबिन फुंयालका बुबा हरि फुंयाललाई नगरपालिकाको तर्फबाट रु १ लाखको चेक हस्तान्तरण गरिएको थियो । त्यस्तै नगर प्रमुख महर्जनको तलब बाट तारकेश्वर नगरपालिका ३ बस्ने अम्बिका फुंयाललाई व्यवसाय गर्नका लागि मेसिन खरिद गर्न रु ४८ हजारको चेक हस्तान्तरण गरिएको थियो ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.