• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु

"आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास  "

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित
  • चितवन/नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति  मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले चितवन महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताए । कोरोना र बैंकको व्याजदरका कारण सिथिल बनेको जिल्लाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने श्रेष्ठको विश्वास थियो । बागमीत प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक उन्नतीका लागि कामहरु गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यवसायीलाई परेको समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए ।
    प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा व्यवसाय दर्ताको काम अनलाइनबाट गर्ने प्रविधिको विकास गरेको भन्दै मन्त्री श्रेष्ठले घरमै बसेर व्यवसाय दर्ता तर्दा बन्द गर्न सकिने बताए । पछिल्लो समय नेपालको हस्तकला व्यवसायले विदेशमा राम्रो व्यापार गर्न सफल भएको भन्दै उनले यस व्यवसायबाट आठ लाख बढीले रोजगारी पाएका बताए । हस्तकला व्यवसायले बर्सेनि १२ अर्ब रुपैयाँ भन्दा बढीको सामान निर्यात गर्ने गरेको भन्दै उनले साना, मझौला र हस्तकलाको व्यवसायबाट नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको बताए ।
    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सवले मद्दत पु¥याउने बताइन् । चितवनको कृषिमा धेरै सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रमुख दाहालले कृषिको सम्भावनालाई मूर्तरुप दिन महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन् । चितवनमा स्वास्थ्य, शिक्षा, कृषि तथा पर्यटनको राम्रो सम्भावना रहेको भन्दै नारायणी नदी तटबन्धसहित यहाँ पर्यटकीय गतिविधि सञ्चालनका लागि महानगरपालिकाले विशेष ध्यान दिएको दाहालको भनाइ छ ।
    महोत्सव उद्घाटन सत्रमा मन्तव्य राख्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमाथि निरन्तर प्रहार भइरहेको बताए । राज्यले लगानी गर्ने वातावरण सुरक्षित गरिदिएमा मात्रै नेपालले आर्थिक विकास हासिल गर्नसक्ने श्रेष्ठको भनाइ थियो । बैंकको व्याजदर वृद्धिले व्यवसायीहरु सबैभन्दा बढी समस्यामा परेका भन्दै श्रेष्ठले एकल व्याजदर काम गर्न राज्यले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
    चितवन महोत्सव मूल समारोह समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनमा विगतमा भएका महोत्सवहरुले कृषि तथा पशुपालन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको बताए । यस महोत्सवले पर्यटनका साथै कृषिमा मौरी, मह र तोरीको प्रवद्र्धन र विकासमा जोड दिएको श्रेष्ठले बताए । कोभिड–१९ र त्यसपछि सिर्जित समस्याबाट क्षतविच्छेद भएको अर्थतन्त्रलाई पुनस्र्थास्थित गर्न यस्ता मेला महोत्सवहरु अर्थपूर्ण रहने श्रेष्ठले बताए ।
    यस महोत्सव पर्यटनलाई केन्द्रमा राखेर आयोजना गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले महोत्सव अवधिभर आयोजना गरिने पर्यटनसँग सम्बन्धित गोष्ठी तथा सेमिनार र विभिन्न पर्यटकीय गतिविधिले चितवनको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने बताए । चितवनलाई पर्यटकीय दृष्टिकोणबाट देशको तेस्रो गन्तव्यकोरुपमा लिइने गरिएकाले दोस्रो बनाउनका लागि वन्यजन्तुमा आधारित पर्यटनका साथै सांस्कृतिक सम्पदा, पर्यापर्यटन, ऐतिहासिक सम्पदा एवं धर्मिक सम्पदामा आधारित पर्यटनको विकास गर्नुपर्ने श्रेष्ठले बताए । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताए ।
    आज उद्घाटन भएको महोत्सव आगामी माघ ४ गतेसम्म सञ्चालन हुने उल्लेख गर्दै महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवधिभर विभिन्न गोष्ठी तथा सेमिनारहरु आयोजना हुने बताए । ओलीकाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका गोष्ठी तथा सेमिनारहरु सञ्चालन गरिनेछ । त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको ओलीले बताए ।
    उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठले महोत्सवमा ४५० वटा स्टल रहेको बताए । महोत्सवमा सहभागी सबै स्टलहरुको बीमा गरिएको भन्दै श्रेष्ठले महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी गरिने बताए । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए ।
    महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । चितवन महोत्सव उद्घाटनसँगै बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूति मिलनबाबु श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसहितका अतिथिहरुले १४औँ चितवन महोत्सव स्मारिकासमेत विमोचन गरेका छन् ।

    Advertisement

    सोमबार, पुष २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.