• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेड गैँडाकोटको २१ औँ वार्षिक साधारण सभा सम्पन्न


  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित
  • गैँडाकोट/जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था लिमिटेड गैँडाकोटको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ९ लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको छ । हालसम्म ४ वटा टंकीबाट पानी भण्डारण एवं वितरण गर्दै आइरहेको संस्थाले १० करोडको लागतमा प्रदेश र केन्द्र सरकारको सहयोगमा खानेपानी टंकीको डिपीआर निर्माण गरी कामलाई दु्रत गतिमा अगाडी बढाइरहेको छ ।
    कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले पानी जीवनको आधार भएकाले स्वच्छ र स्वस्थ खानेपानी प्रत्येक नागरिकले सहज पाउनुपर्ने बताउनुभयो । पहिले सूर्यभक्त बुवाले पानीका लागि धेरे काम गरेको सम्झदै उहाँले नगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
    संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले प्लाष्टिकजन्य फोहरलाई व्यवस्थापन गर्ने नीति ल्याएर अगाडी बढेको बताउनुभयो । उहाँले प्लाष्टिकलाई मेसिन ल्याएर पेल्ने र कच्चापदार्थ बनाएर बिक्री बितरण गरिने जनाउनुभएको हो । उहाँले सुरक्षित खानेपानीका लागि विभिन्न तहका सरोकारवाला र सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । प्रभावकारी रुपमा खानेपानीका दीगो व्यवस्थापन र सुरक्षित स्वच्छ खानेपानी वितरण गर्दै खानेपानीको स्रोतहरुलाई भावि पुस्ताहरुमा सुरक्षित हस्तान्तरण गर्र्दै जाने जलुके खानेपानीको उद्देश्य रहेको बताउनुभयो ।
    संस्थाका सचिव विष्णुप्रसाद पंगेनीले विंस।२०४९ सालदेखि खानेपानीको आपूत्र्ति गर्न सर्वेक्षणको काम गरेको बताउँदै २०५८ सालदेखि १८ वटा सार्वजनिक धारा सहित उपभोक्तालाई हस्तान्तरण गरिएको बताउनुभयो । संस्थाले अहिले गैँडाकोट १, २ र ४ मा स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले संस्थाले नेपाल राष्ट्रिय शमसेर आदर्श मावि, महेन्द्र स्मारक आधारभुत विद्यालय, नवदुर्गा आधारभुत विद्यालयमा न्युनतम शुल्कमा खानेपानीको आपूत्र्ति गर्दै आएको बताउनु भएको छ । संस्थाले न्युनतम शुल्कमा सामुदायिक विद्यालयमा ५ लाख ८४ हजार ६ सय ९७ बराबरको खानेपानीको आपूत्र्ति गरेको छ ।

    Advertisement


    संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले संस्थाको ०७८/०७९ मा १ करोड ८३ लाख ३१ हजार ६ सय ७७ रुपैयाँ कुल आम्दानी गरेको छ भने सो आर्थिक वर्षमा ९२ लाख ४४ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । साथै उहाँले चालु आर्थिक वर्षको ५ महिनामा ३७ लाख ३ हजार ९ सय ३८ रुपैयाँ ९८ पैसा छ भने ३२ लाख २३ हजार २ सय २४ रुपैयाँ ८५ पैसा खर्च भएको छ । साथै ४ लाख ८० हजार ७ सय १४ रुपैयाँ १३ पैसा बचत भएको बताउनुभयो । साथै उहाँले आर्थिक हिसाव किताव पारदर्शी सफ्टवेयर प्रयोग गरि काम गरिदै आएको बताउनुभयो ।
    संस्थाका लेखा संयोजक शालिग्राम आचार्यले जलुकेले सुरक्षित र स्वस्थ खानेपानी उपलब्ध गराउन गरिरहेको कामलाई प्रभावकारी मान्न सकिने बताउनुभयो । उहाँले संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै काम गरिरहेको बताउँदै संस्थाले खरिद बिक्रि प्रक्रियामा आर्थिक नियमावली अनुसार काम गरेको जानकारी दिनुभयो ।
    अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक धु्रव अधिकारीले खानेपानीका धारा जडानमा अनुगमन र मुल्याङ्कन गरी वितरण गरिरहेको बताउँदै जलुके मुहानदेखि तुले डाँडा सम्मका मेन पाइप लाइन आवश्यक अनुसार फेरबदल गर्ने, प्राकृतिक स्रोतलाई अझै व्यवस्थापन र डिप बोरिङको खोजीलाई निरन्तरता दिने लगायतका भावी कार्यक्रम रहेको बताउनुभयो ।
    यस्तै संस्थाका खानेपानी सुरक्षा समितिका संयोजक एकराज सापकोटाले पिउने पानीलाई सुरक्षित बनाउन विभिन्न कार्यहरु गर्दै आएको र त्यसका लागि पानी संकलन टंकीहरुमा नियमित कोलोरोयसन गरि पानीलाई सुरक्षित गरिएको जानकारी दिनुभयो । साथै उहाँले प्रत्येक ३÷३ महिनामा मुहानमा पुगी मुहान सफा गर्ने काम निरन्तर भइरहेको बताउनुभयो ।
    गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, गैँडाकोट ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, नेपाल शमशेर आर्दश माविका प्रधानाध्यापक इन्द्रराज भट्टराइ, मौलाकाली सामूदायिक वनका कोषाध्यक्ष कमल कँडेल, गैँडाकोट पम्पिङ्ग खानेपानीका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, गैँडाकोट १ का पूर्व वडाध्यक्ष हरिप्रसाद सापकोटा लगायतका विभिन्न व्यक्तित्वहरुले जलुके खानेपानीले मुहानदेखी मुखसम्म स्वस्थ खानेपानी ल्याउन काम गरिरहेको बताउँदै संस्थाको प्रगतिको कामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, संस्थाका पूर्व पदाधिकारी, संस्थापक र अहिलेका पदाधिकारीको उपस्थिति रहेको थियो । साथै संस्थाले सुरक्षित खानेपानी र सचेतनामा टेवा पु¥याउने संस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्रले समेत सम्मान गरेको थियो ।
    साथै संस्थाको १०आँै अधिवेशनको प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले २७ गते विहान १० बजेसम्मको लागि सहमतिको समय दिएको निर्वाचन समिति संयोजक शोभाकान्त काफ्लेले जानकारी दिनुभयो । सहमति नभएर निर्वाचन समितिले आफ्नो कार्यक्रम गर्ने बताउँदै उहाँले २७ गते उपभोक्ताको नामावलीको सूचि बनाउने र १० बजेपछि उम्मेद्वारी दर्ता गराइने बताउनुभयो । २८ गते विहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सूचिमा २१ जना उम्मेदवार अर्थात आवश्यक उम्मेद्वार मात्र भए प्रमाणपत्र दिने नभए पुनः सूचना निकाली निर्वाचनका कार्यक्रम फेरी तय गरिने बताउनुभयो । निर्वाचन समिति सदस्यमा मुना धनञ्जय र पोषणराज सुबेदी रहनुभएको छ ।

    सोमबार, पुष २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.