भरतपुर/भरतपुरको चितवन उच्च मा.वि.को नजिकै रहेको एभरेष्ट मःम ल्याण्डमा आइतबार बिहान करीब ४ बजेतिर चोरी भएको छ ।
स्थानीयहरुबाट बिहान सटर खुल्ला भएको जानकारी दिएपछि उक्त स्थानमा पुग्दा सटर फोरेर चोरी भएको एभरेष्ट मःम ल्याण्डका सञ्चालक समिर श्रेष्ठले जानकारी दिनुभयो ।
चोरीको भिडियो हेर्दा उक्त व्यक्ति आफ्नो स्टाफ नरहेको र यसअघि आफूहरुले नदेखेको हुँदा चोरी गर्ने व्यक्तिको पहिचान हुन नसकेको श्रेष्ठले बताए । चोरीबाट नगद र केही रक्सीसहित ३० हजार बराबरको क्षति भएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
लकडाउनको मौका छोपी चोरी हुन सक्ने आंशका गरिएको छ । चोरी गरिएको भिडियो हेर्दा चोरीमा एकजनाको सम्लग्न देखिएको भएता पनि चोरीमा अन्य व्यक्तिहरुको समेत सम्लग्न हुन सक्ने आंकलन गर्न सकिन्छ । यस्तो अवस्थामा चोरीका घटनाहरु हुन सक्ने हुँदा सबैलाई सचेत हुन समेत श्रेष्ठको आग्रह छ ।




