चितवन/कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुनेछ। प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो। अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो।
आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ।यस कार्यक्रमलाई आयआर्जनसँग समेत जोड्नु पर्ने उनको भनाइ छ। चेपाङ बालबालिकामा अहिले स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेसँगै यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो। बालबालिकामा कुपोषणको समस्या समस्या देखिने गरेको छ। बच्चा होचा, पुड्का हुने गरेका छन्।
चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले वर्ष दिनपुग्छ। अधिकांशको उत्पादनले ६ महिना पु¥याउन मुस्किल हुन्छ। मेलापातसँगै वनका कन्दमूल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको नगर प्रमुख रेग्मी बतानुभयो ।




