गैरआवासीय नेपाली सङ्घ अन्तराष्ट्रिय समूह परिषद अन्तर्गत नेपाली सामग्री प्रवर्द्धन समितिको आयोजनामा “नेपाली सामग्रीको आवश्यकता, चुनौती र सम्भावना” बारेमा युरोप,एसियाको सफल अन्तरक्रिया पश्चात ओसियान क्षेत्र लक्षित बृहत अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ। जनवरी ४ तारीख बुधबार दिउँसो नेपाली समय २ बजे जुम भर्चुअल माध्यम बाट कार्यक्रम संचालन हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव एवं कार्यक्रम संयोजक टिका गुरुङ (राधिका)ले जानकारी दिनुभएको छ।उक्त कार्यक्रममा ओसियाना क्षेत्रका राजदुत, गैरआवासीय नेपाली संघ आईसीसी पदाधिकारी, ओसियाना क्षेत्र अन्तर्गतका सम्पूर्ण एनआरएन अध्यक्ष , पदाधिकारी, व्यवसायी एबं अभियन्ताहरुको उपस्थिति रहनेछ।उक्त अन्तरक्रिया कार्यक्रममा अन्तराष्ट्रिय कफिको चिया तुलनामा नेपाली कफि चिया तुलनात्मक रुपमा महंगो पर्ने हुनाले त्यसको प्रवर्धन कसरी सम्भव छ? कफि जस्तै अन्य उत्पादनहरूको बजार निर्यातको सम्भाव्यता ,नेपाली हस्तकला सामान आयात गरी तपाईं हामी बसेका देशहरुमा आउटलेट खोल्न सकिने अबस्था कस्तो छ, एनआरएनए मार्फत नेपालमा हामी आफै उत्पादनमा प्रत्यक्ष सहभागी हुनसक्ने गरी लगानी वातावरण बनाउन सकिएला ? सकिन्छ भने कुन कुन सामान उत्पादन गर्ने? कुटनितिक नियोगका प्रमुखहरुसंग नेपाली सामाग्री निर्यात गर्दा नेपाली ब्यापारीहरुले भोग्ने गरेका समस्याहरु न्युनीकरण गर्न तत्काल सम्भावना छ छैन भन्ने विषयमा कार्यक्रम केन्द्रीकृत हुने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव एवं कार्यक्रम संयोजक टिका गुरुङ (राधिका)ले जानकारी दिनुभएको छ।
ओसियाना क्षेत्र लक्षित नेपाली सामग्रीको विदेशमा निर्यात बारेमा बृहत अन्तरक्रिया हुदै
ओसियाना क्षेत्र लक्षित नेपाली सामग्रीको विदेशमा निर्यात बारेमा बृहत अन्तरक्रिया हुदै
तपाईको प्रतिक्रिया




