• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण गर्न प्रशिक्षण दिँदै परीक्षा बोर्ड


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • चितवन/स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई प्रशिक्षण दिएको हो । परम्परागत रूपमा सञ्चालित परीक्षा प्रणालीलाई वैज्ञानिक रूपमा सुधार गर्ने कार्ययोजना अनुसार प्रशिक्षकलाई प्रशिक्षण दिईएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शैक्षिक मूल्याकनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउनका लागि स्तरीकृत परीक्षा प्रश्न निर्माण गर्नुपर्ने बताउनुभयो । स्तरिकृत परीक्षा आगामी बर्षदेखि सञ्चालन गर्ने गरि तयारी गरिएको शर्माले जानकारी दिनुभयो । ‘हामी आगामी हुन लागेको एसईई परीक्षाको अंगे्रजी, गणित र विज्ञान विषयको प्रश्नपत्रलाई स्तरिकृत बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ, ’उहाँले भन्नुभयो, ‘त्यसैगरी कक्षा ८ र १२मा लिईने परीक्षालाई स्तरीकृत बनाउँछौँ ।’

    Advertisement
    स्तरीकृत परीक्षाका लागि प्रश्न निर्माण सम्बन्धी तालिम देशभर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । ७ सय ५३ स्थानीय तहमा प्रश्नपत्र निर्माणका लागि शिक्षकहरुलाई तालिम नै प्रदान गरिने योजना रहेको उहाँले बताउनुभयो । ‘अहिले जिल्ला जिल्लामा प्रशिक्षक तयार हुँदै हुनुहुन्छ । उहाँहरुले स्थानीय तहमा गएर तालिम दिनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘स्थानिय तहदेखि केन्द्रिय तहसम्म प्रश्न बैंक खडा हुन्छ । त्यसबाट विद्यालयले परीक्षा सञ्चालन गर्न सक्छन् ।’

    स्तरीकृत परीक्षणको निर्माण विज्ञहरुको समुहबाट प्रश्न निर्माण, प्रश्न सुधार, प्रश्न पूर्व परीक्षण, उपयुक्त प्रश्नको छनौट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालन जस्ता कुराहरु पर्दछन् । स्तरीकृत परीक्षामा निर्माण गरिएका प्रश्नहरु वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्याम प्रसाद आचार्यले बताउनुभयो । उहाँ वैद्यता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्रहरुको प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

    मंगलबारदेखि सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यशाला पौस २१ गतेसम्म सञ्चालन हुनेछ । कार्यशालामा सहभागि भएका ३३ जिल्लाका अंग्रेजि, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेको छ । वाग्मती प्रदेशका १३, गण्डकीका ११, लुम्बेनीका ६, मधेश प्रदेशका ३ जिल्लाका प्रशिक्षकको सहभागित रहेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अंग्रेजी विषयमा डाक्टर टिकाराम भट्ट, पशुरामा तिवारी, गणित विषयमा रमेश प्रसाद अवस्थी र विज्ञान विषयमा जयप्रकाश लाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनुहुने छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदी, भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौड्याल, स्तरीकृत परीक्षा एकाईका प्रमुख सुवा पन्त, शाखा अधिकृत विलबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.