• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अतिकम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नतिका साना उद्यमीको व्यापार क्षमता बढाउन  इयुको सहयोग


  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • पोखरा/अन्तराष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने कुराहरूबारे क्षमता विकास तालिम सोमबारबाट पोखरामा शुरू भयो । गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३०जना कफी व्यवसायीहरूले यस तीन दिने तालिममा व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् । सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्वपूर्ण योगदान दिने छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) द्धारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी ) नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ऽ व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्धारा संयुक्त रूपमा यो क्षमता विकास तालिम आयोजना गरेका हुन् ।

    Advertisement

    विशेष गरी यो कार्यशाला विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म लघु तथा मझौला व्यवासायहरू ( एमएसएमइज ) को अन्तराष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्र भन्सार जनय अवरोधहरू तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँच सहित प्रतिस्पर्धात्मक क्षमता र अनुपालना बढाउने मुल लक्ष्यका साथ यो कार्यशाला आयोजना भएको हो । नेपाली कफी व्यावसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ । आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन् । यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुबै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृयता र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पुरागर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन् ।

    तालिमका क्रममा कफी क्षेत्रकोबारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रकृया र आवश्यक कागजात, कफी निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण र बजार प्रवर्द्धन कफी बजार विश्लेषणका अधानुनिक विधिहरू नेपालका लागि तयार गरिएको ट्रेड म्याप तथा नेपालबाट कफी निर्यातका सम्भावनाहरू र सम्भावित गन्तव्यहरूबारे जानकारी गराइएको थियो । उक्त तालिम अन्तरकृयात्मक तथा व्यवहारिक सिकाइमा आधारित थियो जहाँ सहभागीहरूले आफूले सिकेका कुराबारे प्रस्तुति दिने अवसर समेत प्रदान गरिएको थियो । त्यसैगरी रजिस्टर्ड एक्सपोर्ट सिस्टम ( रेक्स), नेपाली निर्यातकर्ताका लागि निर्यात वित्तीयकरणका विकल्पहरू एवं अन्तर्राष्ट्रिय व्यापारका अन्य विविध पक्षहरूबारे केन्द्रित सत्रहरू पनि संचालनभएका थिए ।

    उक्त अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव तोयम रायले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अन्तराष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । साथै उहाँले निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायहरूको लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गर्नुभयो । उक्त मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय,व्यवसायी र सकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    टिइपिसीका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारी निकाय,दातृ निकायर व्यवसायीहरूबीच अन्तरकृया मार्फतकफी क्षेत्रका समस्याका समाधानको लागि उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । नेपाली कफी रू १७०० प्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात रू ३९१ प्रति किलो हुने गरेको जानकारी उहाँले दिनुभयो  । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५५ टन उत्पादन हुने गरेको छ ।

    युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगे पछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताउनु भयो ।

    इयु टिआइपी/ आइटिसीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाइ अन्तराष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यशालाले नेपाली कफीको अन्तराष्ट्रिय तथा क्षेत्रीय बजारको मुल्य श्रृंखलामा थप पहुँच पुर्याउने बताउनु भयो ।

    कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल २६०० हेक्टरमात्र खेती भइरहेको जानकारी दिए । नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानहरूलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्ने पनि उनले बताउनु भयो । कार्यशालामा गोर्खा, स्याङजा, लम्जुङ, गुल्मी, पाल्पा, कास्की लगायतका जिल्लाका २५ जना कफी उत्पादक तथा निर्यातकर्ता सहभागी थिए, ती मध्ये १३ जना महिला थिए ।

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.