बेसीशहर/बेसीशहर नगरपालिकामा कोशिशको परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य सबलम्वन संगठनले सिवियमको सहयोगमा बेसीशहर नगरपालिका समावेशि सामुदायिक स्वास्थ्य परियोजना सञ्चालन गरेको छ । परियोजना अन्र्तगत सल्लाहकार समितिको बैठक तथा मानसिक स्वास्थ्य तथा मनोसामाजिक निति तयारी प्रारम्भिक छलफल कार्यक्रम बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिह अर्यालको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा कोशिश नेपालका परियोजना संयोजक विष्णु चिलुवाल समावेशी सामुदायिक मानसिक परियोजना अन्र्तगत सन् २०२२ मा सम्पन्न गरिएका कार्यक्रम एवं उपलव्धि वारे जानकारी गराउनुभएको थियो । कोशिशले बेसीशहर नगरपालिका सँगै लमजुङको मस्र्याङदी गाउँपालिका र ।गोरखाका दुई स्थानीय तह पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा सन् २०१९ देखि समावेशि सामुदायिक स्वास्थ्य परियोजना सञ्चालन गर्दै आएको छ ।
२०२३ सम्म सञ्चालन हुने परियोजना अन्र्तगत बेसीशहर नगरपालिकामा भएका कार्यक्रमको जानकारी दिदै परियोजना संयोजक चिलुवाल मानसिक स्वास्थ्यको क्षेत्रमा आगामि दिनमा स्थानीय तहसँगको सहकार्यमा गर्न सकिने तथा गर्नुपर्ने कार्यक्रम वारे प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा कोशिशका मलिना महर्जनले मनोसामाजिक तथा मानसिक स्वास्थ्य नीति निर्माण सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा उहाँले स्थानीय तहको मानसिक स्वास्थ्य निती बनाउदा समावेश गर्न सक्ने कुराहरुको वारेमा जानकारी सँगै नेपालको मानसिक स्वास्थ्य अवस्था, यसका समस्या र चुनौती वारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, वडाअध्यक्षहरु, जागरण स्वाबलम्वन समूह अपांग संरक्षण समाजका प्रतिनिधि लगायको उपस्थिती थियो ।
बैठकमा स्थानीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक निति वा रणनीति निर्माण सम्वन्धि प्रारम्भिक छलफल भएको थियो । छलफलका क्रममा सहभागिहरु उक्त निती निमार्णको आवश्यकता औल्याउदै मानसिक स्वास्थ्य निति निर्माणका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।
बेसीशहर नगरपालिकाका उपप्रमुख पद्यमा गुरुङ संयोजक रहनुभएको समितिमा नगरपालिकाका सामाजिक विकास संयोजक मदन राना, शिक्षा शाखा प्रमुख किसान राज चिलुवाल, स्वास्थ्य शाखा प्रमुख मनोज सिं बोहोरा, कार्यक्रम अधिकृत मेगेन्द्र पोखरेल, कुषि शाखा प्रमुख सुर्यप्रसाद सेढाई र अपांग संरक्षण समाजका चन्द्रकान्त पौडेल रहनुभएको छ ।
उक्त समितिले कोशिश सस्थाको प्राविधिक सहयोगमा यहि पुष मसान्त सम्म नगरपालिकाको मानसिक स्वास्थ्य तथा मनोसामािजक नीतिको ड्राफ निमार्ण गर्ने निर्णय भएको छ ।
परियोजना सल्लाहाकार समितिको बैठकमा बेसीशहर नगरपालिकाले मानसिक तथा मनोसामाजिक समास्यामा रहेका विरामीको संख्या विश्लेषण गरि उनिहरुलाई आवश्यक मनोचिकित्सकिय औषधि निशुल्क उपलव्ध गराउनको लागि आवश्यक पहल गर्ने निर्णय समेत भएको कोशिशका परियोजना संयोजक विष्णु चिलुवालले वताउनुभयो ।




