भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले सस्था सन्चालन गर्नको लागी कोपोमिस सफ्टवेयर अति नै प्रभावकारी हुने बताउनु भएको छ । सहकारी संस्था लगायत सम्पति सुद्धिकरणलाई अनलाई मार्फत नगरपालिका, प्रदेश तथा सघिय सरकार गरि तिनै तहवाट कोपोमिस सफ्टवेयरले निरिक्षण तथा नियन्त्रण गर्ने काम कोपोमिस गर्दछ उप प्रमुखको भनाइ छ । भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रबर्द्धन शाखा द्वारा आयोजित कोपोमिस सफ्टवेयर कार्यान्वयन सम्बन्धि दुई दिने तालिम समापन कार्यक्रमलाई समापन गर्नु हुँदै उप प्रमुख अधिकारीले यो कोपोमिस सफ्टवेयर सवै सहकारी संस्था र अन्य सस्थाहरुले पनि प्रयोग गर्न अति आबस्यक रहेको प्रष्ट पार्नु भयो ।

सहकारी तथा गरिबी निबारण सम्बन्धि ब्यबस्थापन सुचना प्रणालीको छोटकरी रुप कोपोमिस हो । तालीममा फणीन्द्र अधिकारी र दिपक गौतमले प्रशिक्षण दिनु भएको थियोे । भरतपुर महानगरपालिकाले महानगरपालिका भित्रका ३४ वटा सहकारीका ब्यबस्थापक तथा कर्मचारीहरुलाइ तालीम प्रदान गरेको हो । विभिन्न ९ समुहमा उक्त तालीम बिभाजन गरि निरन्तर रुपमा कार्यक्रम गरिदै जाने भरतपुर महानगरपालिकाले जनाएको छ । नेपालमा अहिले ४ हजार २ सय भन्दा बढी सहकारीहरुले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । नेपालमा २०७५ सालबाट कोपोमिस सफ्टवेयर मार्फत काम गर्न शुरु गरिएको हो । यो सफ्टवेयर प्रयोग गर्न सहकारी विभाग, केन्द्रीय सहकारी संघ तथा स्थानीय तहहरुले तालिम प्रदान गर्दै आएका छन् ।




