• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको २२औं साधारण सभा सम्पन्न


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • गैंडाकोट/विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोट ८ को २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समाजमा रेडियोले र पत्रिकाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सूचनाले नागरिकको चेतनास्तर वृद्धि गरेको बताउनुभयो । संस्थाले आर्थिक मुनाफा भन्दा पनि चेतना विस्तारका लागि गरेको योगदान नै समाजका लागि मुनाफा भएको उहाँको भनाई थियो ।

    विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष डा.भूमिराज चापागाईंले सबैले आफ्नो तर्क राख्ने साझा चौतारीको रुपमा संस्थालाई विकास गरिने बताउनुभयो । नवलपुरमा रेडियो सुन्ने श्रोता मध्ये ८५ प्रतिशत श्रोताले विजय एफएम सुन्ने गरेको सर्भेले देखाएको तथ्याङ्क र विजय खबर प्रेस काउन्सिलको ख वर्गमा सुचिकृत हुनुले यसको महत्त्व र सफलता देखाएको बताउनुभयो ।

    संस्थाका सचिव गिरिराज लम्सालले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक सञ्चार माध्यमका रुपमा संस्थाले स्थानीय सवाल, सरोकार समस्या र प्राथमिकताहरुलाई मुख्य विषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारिताका माध्यमबाट समाजका कुरिति, विसंगति र गलत अभ्यासहरुलाई न्यूनिकरण गर्न रेडियोले कार्य गरिरहेको बताउनुभयो । १ वर्षको अवधिमा विजय एफएमले समुदायका १० हजार ५ सय २ जनाको आवाज रेडियोका माध्यमबाट प्रसारण गरेको बताउनुभयो । यस संस्थाका अर्को माध्यम विजय खबर र विजय एफएमको अनलाईन संस्करणबाट पनि यी आवाजहरुलाई प्रसारण तथा लिपिवद्ध गरी प्रकाशन गरेकोे जानकारी दिनुभयो ।

    कोषाध्यक्ष भानुभक्त रिमालले विजय एफएम र विजय खबरका सामग्रीप्रति स्रोताको विश्वासले यसलाई अगाडी बढ्न प्रेरित गरेको बताउनुभयो । श्रोता र पाठकको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको उहाँको भनाई थियो ।

    लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति सदस्य बद्री लम्सालले विभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगती गरेको बताउनुभयो । कर्मचारीको योगदान र सञ्चालकको सक्रियताले विजय एफएमले आफ्नो बेग्लै पहिचान बनाएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले रेडियोले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । समाजमा सकारात्मक सोचको विकास गर्न सक्नु नै विजयको पूँजी भएको उहाँले बताउनुभयो ।

    संस्थाका निवर्तमान अध्यक्ष गोपीनाथ खरेलले विजय एफएमले अवधारणामा काम गर्नुपर्ने बताउनुभयो । उहाँले रेडियाले जहिले पनि नसुनिएका आवाजलाई बाहिर ल्याएर मेहनतका साथ काम गरेको बताउनुभयो ।

    संस्थाका पूर्वअध्यक्ष एवंम सल्लाहकार इन्द्रराज ज्योति पौडेलले विजयले राष्ट्रिय रुपमा नै छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । विजयका कार्यक्रममा विविधता भएको बताउँदै उहाँले हरेकमा आशा जगाउने काम गर्न आग्रह गर्नुभयो ।

    साधारण सभाको अवसरमा शिक्षाको विकास र उन्नयनमा टेवा पु¥याउन विजय एफएमसँग सहकार्य गर्ने शैक्षिक संस्थाहरु गैँडाकोट ईङ्गलिस स्कूल, विजय सामुदायिक शिक्षा सदन र कालिका नमुना माध्यमिक विद्यालयलाई सम्मान गरेको छ । यस्तै उत्कृष्ट सेयर सदस्यमा केशवप्रसाद सापकोटा, वर्ष उत्कृष्ट विज्ञापनदातामा हरिहर मार्केट ज्ञान ज्योती पुस्तक भेराइटीलाई सम्मान गरेको छ । कर्मचारीतर्फ सर्वोउत्कृष्ट कर्मचारीमा लेखापाल अनुष्का बञ्जारा, कार्यक्रम उत्पादकमा कार्यक्रम उत्पादक एवं रिपोर्टर माया कँडेल, सर्वाधिक कार्यालय उपस्थितिमा बरिष्ठ प्राविधिक राजेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।

    कार्यक्रममा प्रवद्र्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतम, संस्थाका सल्लाहकार एवं विजय कन्सलटेन्सीका अध्यक्ष केशव सापकोटा, वरिष्ठ कविवर एवं साहित्यकार गोविन्दराज विनोदी, संस्थाका पूर्व उपाध्यक्ष एवं समाजसेवी सिद्धकुमार श्रेष्ठ, राष्ट्रिय समाचार समितिका उपसचिव कृष्ण सापकोटाले शुभकामना मन्तव्य राख्दै रेडियो समूदायकै सम्पत्ति भएकाले यसलाई संरक्षण र सम्वद्र्धन गर्न सबै लाग्नुपर्ने बताएका थिए ।

    कार्यक्रमको समापन गर्दै संस्थाका उपाध्यक्ष रामहरी शर्माले समाजलाई सचेतना दिन र समूदायका सुखदुःखसँगै विजय एफएम सधै अगाडी बढ्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण संस्थाका व्यवस्थापक श्रीधर उपाध्यायले गर्नुभएको थियो ।

    ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.