• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रदर्शनीको पूर्व सन्ध्यामा औद्योगिक जनचेतना र्याली


  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • बुटवल/रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज (विहीवार)देखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ शुरु हँुदैछ । प्रदर्शनीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
    उद्घाटन कार्यक्रममा गृहमन्त्री बालाकृष्ण खाण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालको पनि उपस्थिति रहने संघले जनाएको छ । दिउँसो १ वजे हुने उद्घाटन कार्यक्रम १ घण्टा मात्र चल्ने जनाइएको छ ।
    बुटवल मण्डपमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।
    प्रदर्शनीको पूर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना र्याली निकालिएको छ । प्रदर्शनी स्थल बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो । ¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु, सल्लाहाकारहरुको अगुवाईमा गरिएको ¥यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।
    ¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना ¥यालीका संयोजक चन्द्रकान्त खनालले दिएको जानकारी अनुसार विभिन्न ६ वटा विधामा पुरस्कृत गरिएको थियो । संयोजक खनालका अनुसार टोल विकास संस्थातर्फ बुटवल उपमहानगरपालिका वडा नं. ६ को स्वास्थ्य सहनसिल आमा समुह प्रथम, श्रृजना साँस्कृतिक आमा समुह वडा नं. ८ दोस्रोे र श्रृजना आमा समुह वडा नं.१० र बुद्ध टोल विकास संस्था तेस्रो, जनजाती तर्फ क्षेत्री समाज रुपन्देही प्रथम, लिलाराम न्यौपाने भैरहवा थारु समुह दोस्रो, रजाय मुस्ताफा मस्जित समिति, बुटवल तेस्रो, धार्मीक–सांस्कृतिक तर्फ श्री ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय प्रथम, नेपाल अन्तर्राष्ट्रियकृष्ण भावनामृत संघ,(स्कोन नेपाल) दोस्रो र सन्तोषी माता गुरुकुल विद्यालय, बुटवल ९ तेस्रो भएका छन् ।
    त्यसैगरी क्लब–संघसंसथातर्फ नृत्य निर्देशक संघ प्रथम, ग्रिल तथा स्टिल व्यवसायी संघ, रुपन्देही दोस्रो र मिसन गु्रप नेपाल तेस्रो भएका छन् ।
    ¥यालीमा सहभागी र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य गोपाल प्रसाद भट्टराईले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक बाबुराम बोहोराले मूल्याङ्कन प्रतिवदशन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष बोनिन पिया, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी लगायत बोल्नु भएको थियो । कार्यक्रम मुल समितिका संयोजक माधव प्रसाद पौडेलको अध्यक्षता, सदस्य सचिव हरि बहादुर खत्रीको सञ्चालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक चन्द्रकान्त खनालको स्वागतमा भएको थियो ।
    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी पूरा भएको छ । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोलकन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ४ सय ५० स्टल रहने छन् ।
    प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक ट्यालेन्ट हन्ट, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु रहने छन् ।
    प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनाइएको छ ।

    Advertisement

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.