माडी/माडीमा संचालित एक नदि एक समुदाय परियोजनामा आर्थिक सहायता गरिरहेको जापानी प्रतिनिधि सम्मिलित साप्लानिरको टोली र बागमति प्रदेशसभा सदस्य माननीय ठाकुरप्रसाद ढकाल विच आज परियोजनाका बारेमा छलफल भएको छ । माडीमा परियोजना अन्तिम चरणमा रहेको अवस्थामा यो परियोजनाको समाप्ती पछि पनि साप्लानिरको कार्यक्रम माडीमा निरन्तरताका लागि ढकालले अनुरोध गर्नुभएको थियो । निवर्तमान नगरप्रमुख समेत रहनुभएका ढकालले आफ्नो पालामा सुरु भएको परियोजना एउटा मोडेल प्रोजेक्टका रुपमा रहेकाले माडीमा यसको निरन्तरताका लागि सघँ, प्रदेश सरकार, माडी नगरपालिकालाई जुन सुकै मोडालिटिमा सहकार्यका लागि आफुले पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

जवाफमा साप्लानिरको प्रतिनिधि मण्डलले यस विषयमा आफुहरु सकारात्मक रहेको भन्दै टोकियो अफिस जापानमा छलफल गर्ने बताएका थिए । छलफलमा साप्लानिर टोकियो, जापान अफिसका सल्लाहाकार प्रोफेसर मासाकी ओहशी, साप्लानिर टोकियो कि योशिहिमी योकोटा, नेपालका लागि देशिय प्रतिनिधि योजी टकेशिता, साप्लानिरका सिनियर कार्यक्रम अधिकृत खिल घले, आर.आर.एन.का डा.निरज नारायण जोशी, प्रोग्राम म्यानेजर मदिना पौडेल, परियोजना संयोजक रविन्द्रसिंह ठकुरी, माडी नगरपालिकाका डि.आर.आर.फोकल पर्सन गोविन्द न्यौपाने लगायतकाको उपस्थीति रहेको थियो । साप्लानिरको प्रतिनिधि मण्डलले परियोजना संचालन भएको सेवा क्षेत्र वडा नं.३, ५ र ६ भित्रका विभिन्न प्रतिनिधि सगँ भेटी छलफल गरिरहेको छ । टोलीले भोली माडी नगरपालिका नगरप्रमुख सहितको टोली सगँ भेटघाट गर्दैछ । तटबन्धन सहित बादरमुढे खोलालाई ब्यवस्थापनको काम सकि माडी नगरपालिकालाई हस्तान्तरण गरिसकेको परियोजनाले अहिले रक्तेनी खोला क्षेत्रमा काम गरिरहेको छ । समुदायमा आधारित १४ करोड बढी रकमको यस परियोजना माघ महिनामा सकिदै छ ।




