गण्डकी/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताउनुभयो । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाँले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तक्र्रिया हुने किसिमले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस, प्रेस सेन्टर नेपाल गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, समाजवादी प्रेस सङ्गठन गण्डकीका अध्यष गणेश पौडेल, प्रेस चौतारी नेपालका श्याम कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले कोभिडलगायतका कारण पत्रकार एवं पत्रकारिता क्षेत्र प्रभावित बनेको बताउनुभयो ।(रासस)




