• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

चितवनबाट ३ हजार ६ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • चितवन/आइतबार चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट ३ हजार ६ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जस मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या ६ सय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । पौडेलका अनुसार नेपालमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएर आउनेको सख्या प्रतिदिन ३ जना रहेको छ ।

    Advertisement

    त्यस्तै एक हजार भन्दा बढी नेपाली युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन । जस मध्ये ७४ प्रतिशत युवाहरु हचुवाको भरमा वैदेशिक रोजगारीमा जाने गरेको पनि पौडेलले जानकारी दिनु भयो । आर्थिक बर्ष २०६४ देखि २०७८/७९ सम्म वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या १० हजार ९ सय ३२ रहेको छ भने आर्थिक बर्ष २०७८/७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या ३५ रहेको सामी कार्यक्रम चितवनका कार्यक्रम सयोजक सुर्य पौडेलले जानकारी दिनु भयो । नेपालमा ५६ प्रतिशत भन्दा बढी घरधुरीमा बिप्रेषण अर्थात रेमिटान्स पुगेको देखिन्छ । आर्थिक बर्ष २०७७/७८ मा नेपालमा १० खर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ । यसैगरी बिश्व भरि साढे २८ करोड ब्यक्तिहरु वैदेशिक रोजगारीमा आबद्ध रहेका छन । बिज्ञहरुका अनुसार अर्थतन्त्रको ५७ प्रतिशत हिस्सा वैदेशिक रोजगारबाट आएको रेमिटान्सले ओगटेको छ । वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरु मध्ये ६० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सन २०२२ को मे महिनामा सार्वजनिक गरेको सर्बेक्षणमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार मध्ये ६० प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ ।

    त्यसै गरि ५२ प्रतिशत श्रमिकको परिवार सगको भेट २ देखि ३ बर्षको अन्तरालमा र ८ प्रतिशतको भेट १० बर्षको अन्तरालमा हुने देखिन्छ । कार्यक्रममा बोल्दै भरतपुर महानहर उप प्रमुख चित्रसेन अधिकारीले नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिनु बाध्यता भएको बताउनु भयो । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको छ उप प्रमुखको भनाइ छ सामी कार्यक्रम हाल चितवनको ४ वटा पालिकाहरुमा संचालित छ ।

    भरतपुर महानगरपालिकाको वडा १८,१९ २१ र २४ तथा माडी नगरपालिका,रत्ननगर नगरपालिका र इच्छाकामना गाउपालिकामा कार्यक्रम संचालित रहेको छ । नेपालका ३८ जिल्लाका १ सय ५६ स्थानीय तहमा यो कार्यक्रम सन्चालनमा रहेको छ । उक्त कार्यक्रमको अवधि २०८१ असार मसान्तसम्म रहेको छ । सुरक्षित आप्रवासन सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयनमा आएको सामी कार्यक्रम चितवनका सम्पर्क ब्यक्ति सुकदेब ढकालको भनाइ छ । डिसेम्बर १८ लाई बिश्वले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउदै आइरहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.