• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • चितवन/चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माणको काम भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
    विगतका महोत्सवहरु भन्दा यस महोत्सव पृथक बनाइने भन्दै श्रेष्ठले महोत्सवमा करिब ५०० स्टल रहने जानकारी दिनुभयो । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले घरेलु तथा लघु उद्योगको उत्पादनलाई प्रवद्र्धन गरिने बताउनुभयो ।
    उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष एवं आर्थिक समिति संयोजक सहनलाल प्रधानले यसवर्ष महोत्सवमा कृषिलाई प्राथमिकता दिइने बताउनुभयो । ‘विगतमा हामीले माछा, मौरी, केरा लगायत विभिन्न उत्पादनलाई प्राथमिकता दिएका थियौँ’ प्रधानले भन्नुभयो, ‘यसपटकको महोत्सवमा पनि कृषिलाई प्राथमिकता दिइने भए पनि उत्पादनका बारेमा छलफल भइरहेको छ ।’ महोत्सवमा बालउद्यान सहित अटो, कृषि, स्वास्थ्य, शिक्षा, सूचना र प्रविधिसहितका स्टलहरु हुने बताउनुभयो ।

    Advertisement


    महोत्सव स्थलमा ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गलाई निःशुल्क प्रवेश दिइने भन्दै उहाँले सर्वसाधारणका लागि रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले यस महोत्सवमा पनि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर स्टलहरु निर्माण हुने बताउनुभयो । ‘महोत्सवमा मेड इन नेपाल र मेड इन चितवन भनेर रहनेछ’ केसीले भन्नुभयो, ‘साना उद्योगमा प्रयोग हुने मेसिनरीहरुलाई समेत प्रवद्र्धन गर्दै युवास्वरोजगारलाई जोड दिनेगरी महोत्सव हुँदैछ ।’ न्यून पुँजी लगानी गरी लघु उद्योग सञ्चालन गर्न सकिने उपकरणहरु महोत्सवमा रहने केसीको भनाइ छ ।
    महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधारसहितका विषयमा राष्ट्रियस्तरको सेमिनार आयोजना हुने केसीले बताउनुभयो । चितवनलाई जैविक विविधताको भूमि भनेर चिनाउनेगरी महोत्सवस्थलमा विभिन्न जनावरहरुको आकृति राखिने केसीको भनाइ छ । ‘चितवनको जैविक विविधतालाई समेत प्रवद्र्धन गर्नेगरी महोत्सवमा विशेष आकर्षण रहनेछ’ केसीले भन्नुभयो, ‘चितवन चिनाउने हात्ती, गैँडा, गोहीलगायतका जनावरहरुको प्रतिमा निर्माण गरेर राख्ने तयारी भइरहेको छ ।’
    यसपटकको चितवन महोत्सवको मुख्य प्रायोजकको रुपमा ‘सुपर जनरल इन्टरनेशनल’ रहेको छ । सुपर जनरल इन्टरनेशनल घरमा प्रयोग हुने विद्युतीय वस्तुहरु (होम एपलाइनसेस)को उत्पादन गर्ने दुबईको कम्पनी हो । यसको आधिकारिक विक्रेताकोरुपमा चितवनको नारायणगढस्थित लीलाचोकमा अल्फा इलेक्ट्रोनिक्स रहेको छ ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.