• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

नेपाल प्रहरी शिक्षालय भरतपुरमा योग विज्ञान शिविर सम्पन्न


  •   सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपाल प्रहरी शिक्षालय भरतपुरमा पतंजलि योग समिति नेपालको तत्वाधान तथा नेपाल प्रहरी शिक्षालयको आयोजनामा यस नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको सभापतित्वमा तथा पतंजलि योग समिति नेपालका संरक्षक, पूर्व प्र.ना.म.नि. ज्ञानेन्द्र विक्रम महतको प्रमुख आतिथ्यतामा योग विज्ञान शिविर कार्यक्रम सम्पन्न भएको छ । योग विज्ञान शिविर कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षकहरुद्धारा उपस्थित सम्पुर्णलाई योग तथा योगका विभिन्न आसनहरुको अभ्यास गराईएको थियो । शिविरमा मानिसलाई सकारात्मक सोचको विकास गर्न, रोगहरुबाट बच्न, स्वस्थ रहन, कार्यमा निपुर्णता ल्याउन मानिसले दैनिक योग गर्नुपर्ने कुरा योग गुरुहरुद्धारा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा पतंजलि योग समिति नेपालका संरक्षक, पूर्व प्र।ना।म।नि। ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी शिक्षालयले योग विज्ञान शिविर सञ्चालन गरेकोमा यस शिक्षालयका निर्देशक तथा शिक्षालय परिवारलाई पतञ्जलि योग समिति नेपालको तर्फबाट धन्यवाद दिनुभएको थियो ।

    Advertisement

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा यस नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले योग प्राचीन ऋषिमुनिहरूको तपोवन र ज्ञान बलद्वारा अद्भुत सार्वकालिक, सार्वभौमिक एवं सार्वजनीन जीवनविद्या भएको र यसले कर्ममा कुशलता तथा कला शैली सिकाउने विद्या जसद्वारा व्यक्ति शुद्ध कर्म, शुद्ध ज्ञान एवं शुद्ध उपासनाको तालयित बनाइरहने भएकोले दैनिक प्रहरी कार्यमा प्रहरी व्यस्त रहने र तनाव व्यवस्थापन गरी व्यावसायिक र पारिवारीक जिवनलाई सफल बनाउन योगले प्रहरी जिवनमा महत्वपूर्ण भूमिका खेल्ने भएको तथ्यलाई आत्मसाथ गरी विभिन्न आधारभूत तथा उन्नत तालिममा नै समावेश गरी सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको थियो । साथै निर्देशकले योगले विज्ञानमा आधारित उच्चस्तरीय जीवनशैली सिकाउने जसद्वारा मानवको सर्वाङ्गीण व्यक्तित्वको निर्माण हुने, सकारात्मकताको प्रचुरता बढ्दै जाने र नियमित रूपमा योगाभ्यास गर्ने हो भने रोग, शोक, क्षुद्रता, चिन्ता, दरिद्रता, तनाव, आत्महीनता, मोह जस्ता दुर्बलताहरूबाट क्रमशः मुक्त हुँदै व्यक्ति समाजमा समतापूर्ण र प्रगतिशील सिद्ध हुने र तब मात्र राष्ट्र समृद्धि, उत्थान हुने कुरा बताउनु भई उपस्थित सम्पूर्णलाई कार्यक्रममा उपस्थित भई सफल बनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यक्रमको सु–अवसरमा कार्यक्रमका सभापतिज्यू, प्रमूख अतिथिज्यू लगायत अन्य विशिष्ट अतिथिज्यूहरूबाट शिक्षालय परिसरमा विभिन्न जात (गुर्जो, म्याङ्गोस्टार, अमला, तेजपत्ता, धुपी) का जडिबुटी रोपण कार्यक्रम समेत गरिएको थियो ।
    उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रिय प्रभारी लभदेव मिश्र, पतंजली योग समिति नेपालका महिला केन्द्रिय प्रभारी साध्वी देवादिती, युवा समिति नेपालका मुख्य केन्द्रिय संयोजक साध्वी देव विजया, युवा समिति नेपालका केन्द्रीय संयोजक लोकनाथ खनाल, चितवन जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखज्यूहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाका प्रमुखहरू, भरतपुर महानगरपालिका वडा नं।१० का वडा अध्यक्ष प्रमेश्‍वर खनाल, भूतपुर्व प्रहरी संगठन चितवनका अध्यक्ष उद्धव श्रेष्ठ, संचारकर्मीहरू, समाजसेवीहरु तथा अन्य आमन्त्रित महानुभावहरू साथै यस शिक्षलयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार, प्रहरी जवान तथा विभिन्न आधारभूत तालिममा प्रशिक्षणरत प्रशिक्षार्थीहरुको उपस्थित रहेको थियो ।

     

    सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.