• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनमा हुने नेपथ्य लाइभ कन्सर्टको सबै तयारी पुरा

"परोपकारी काममा जुट्न गायक गुरुङको अनुरोध, मेयर दाहाल भन्नुहुन्छ,–कन्सर्ट हेर्न चितवनवासी आतुर भैसके "

  •   आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
  • चितवन/मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आइतबार साँझ ४ बजेदेखि हुने ‘नेपथ्य लाइभ कन्सर्ट’को सबै तयारी पुरा भएको छ । कन्सर्टको पूर्वसन्ध्यामा आज साँझ नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङले क्याम्पाचौरमा आजै पुगेर रिहर्सल गरी स्टेजमा माइक परीक्षणको काम समेत सम्पन्न गर्नुभयो । कार्यक्रमका अन्य आवश्यक सबै तयारी पुरा भएको र टिकट विक्रीसमेत सकिएकाले कन्सर्टका दिन थप टिकटको व्यवस्थापन गरिएको मानवसेवा आश्रमका जिल्ला संयोजक सौगात श्रेष्ठले जानकारी दिनुभयो ।
    नेपथ्यका मुख्य गायक गुरुङको झण्डै दुई घण्टा एकल प्रस्तुतिमा क्याम्पाचौरमा उपस्थित सङ्गीत पारखी मजैले झुम्न पाउनेछन् । सङ्गीतसँगै तरङ्गीत हुने गायक गुरुङको हाउभाउ र शरीरको ताल र जोशले उपस्थित दर्शकलाई मजैले झुमाउने छ ।

    Advertisement


    त्यसअघि आजै आश्रमको कार्यालय नारायणगढमा नेपथ्यका मुख्य गायक गुरुङसहित नेपथ्य परिवारसँग चियापान तथा भेटघाट कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा चिनवनवासीको भव्य उपस्थिति रहेको थियो ।
    समरोहमा गायक गुरुङले बाँचुञ्जेल खुसी भएर बाँच्न र जीन्दगीभर परोपकारी काम गर्न अनुरोध गर्दै जीवनमा सबैभन्दा बढी कार्यक्रम नारायणढमै भएको बताउनुभयो । उहाँले यसपटक चितवनमा व्याण्डले आठौँ संस्करणको प्रस्तुति दिन लागेको जानकारी दिँदै मानवताका लागि हुन लागेको यो कार्यक्रम अझै खास रहेको बताउनुभयो । उहाँले धन भएका भन्दा पनि मन भएकाहरुले सहयोग गर्ने भएकाले यो मानव मन्दिर निर्माणमा हातेमालो गर्न सबैमा अनुरोध गर्नुभयो ।
    कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले क्याम्पाचौरको कन्सर्ट हेर्न चितवनवासीसँगै आफू पनि आतुर रहेको बताउनुभयो । उहाँले बेसहारा तथा सहयोगापेक्षी सडकआश्रित मानवको मानवोचित व्यवस्थापनका लागि महानगरपालिका नचुक्ने बताउँदै आश्रमलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । यसपालीको कन्सर्टको महानगरपालिका सहआयोजक समेत हो ।


    आश्रमका अध्यक्ष रामजी अधिकारीले चितवनवासीको साथ सहयोग र हौसलाले यहाँको सडकमा सहयोगापेक्षी सडक मानवरहित बनाउन सफल भएको र यसको निरन्तरताका लागि अझै सहयोग र हौसलाको खाँचो रहेको बताउनुभयो ।
    यसपालिको कन्सर्टका संयोजक तथा आश्रमका अभिभावक ओमकार कँडेलले सन् २०८२ सालसम्म मुलुकका सडकलाई नै सहयोगापेक्षी सडकमानव रहित बनाउने आश्रमको संकल्पलाई सार्थक बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
    उहाँले सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको उल्लेख गर्दै मानवीयताको अभियानमा एकजुन हुन आव्हान पनि गर्नुभयो । उहाँ आश्रमको आजिवन भोजनसेवा दातासमेत हुनुहुन्छ । उहाँले युवालाई जोडेर मानवताको सन्देश दिने र मानवता प्रवद्र्धन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य भएको बताउनुभयो ।
    कार्यक्रममा उद्योग बाणिज्य संघ चिनवनका अध्यक्ष चुननारायण श्रेष्ठले आश्रमले शुरु गरेको पवित्र कामलाई संघले सधैँ साथ दिने उल्लेख गर्नुभयो । कार्यक्रमका भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रहरी प्रमुख नवराज अधिकारी, आश्रमका अभिभावक प्रभातकुमार जोशी, लक्ष्मण अर्याललगायतले आश्रमको कामको प्रशंसा गर्दै आआफ्नो क्षेत्रबाट सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।
    मानवता प्रवद्र्धनका साथै यहाँ रहेको मानवसेवा आश्रमको भवन निर्माण सम्पन्न गर्न तथा आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ यही आइतबार हुने ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले डेढ दर्जन लोक/पप गीतहरु प्रस्तुत गर्नुहुनेछ ।
    मानवता प्रवद्र्धनका लागि मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत चितवनको योे कार्यक्रम चौथो हो  । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा र २२ गते हेटौंडामा कार्यक्रम सम्पन्न भइसकेको छ । तीन वटै कार्यक्रममा पाँच हजार बढी मासिको सहभागिता रहेको थियो । चितवनमा भने ६ हजार दर्शक उपस्थित गराउने लक्ष्य रहेको छ ।
    यसपछि मंसिर २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
    अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुन मानवसेवा आश्रमको कार्यालयका साथै अनलाइन्बाट पनि टिकट लिन सकिन्छ । टिकट शुल्क रु एक हजार रहेको छ ।

    आइतबार, मङि्सर २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.