माडी /अन्तराष्ट्रिय लैंगिक हिम्सा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र माडी नगरपालिकाको संयुक्त आयोजनामा मिति २०७९।०८।२१ गते जिल्ला चितवन माडी नगरपालिका वडा नं. ३ स्थितमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीको अध्यक्षता र माडी नगरपालीका का प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतित्थतामा, माडी नगरपालिकाका उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, ससस्त्र प्रहरी उपरीक्षक जिल्ला शिक्षा समन्वयका प्रमुख, माडी नगरपालिकाका शाखा प्रमुख तथा पदाधिकारीहरू, महिला अधिकार कर्मी माडी नगरपालिकाका सम्पुर्ण वडाका वडा-अध्यक्षहरू, सदस्यहरू, माडी नगरपालिकाका कार्यपालिका सदस्यहरू, माडी नगरपालिका अन्तर्गतका सरकारी तथा निजी विद्यालय र क्याम्पसका ३७ वटाका प्रधानाध्यापक, सह-प्रधानाध्यापकहरू र क्याम्पस प्रमुख,, चितवन जिल्लाका पत्रकार तथा संचारकर्मीहरू समेत गरी करिब १५० जनाको उपस्थितिमा “जनचेतनामूलक पाठ्यसामाग्री २०७९” नामक पुस्तक माडी नगरपालिकामा रहेका सरकारी, सामुदायिक तथा निजि बिद्यालयहरु र क्याम्पसहरुले पाठ्यसामाग्रीको रुपमा समावेश गरि विद्यार्थीहरुलाई पठनपाठन गराउने गरि क्याम्पस प्रमुख तथा बिद्यालयका प्रधानाध्यापकहरु र प्रहरी बिच द्विपक्षीय सम्झौता तथा पुस्तक हस्तान्तरण कार्यक्रम गरिएको, उक्त कार्यक्रममा ५०० थान पुस्तक क्याम्पस प्रमुख तथा प्रधानाध्यापकहरुलाई वितरण गरिएको, सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीज्यूबाट उक्त पुस्तकमा समावेश गरिएका विषयबस्तुहरुको बारेमा संक्षिप्त विवेचना गर्नुको साथै पुस्तकको उपादेयताको सम्वन्धमा प्रकाश पार्नु भएको थियो ।

Advertisement




