• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

जाडोमा ओठलाई मुलायम राख्ने औषधीय र घरेलु विधि


  •   सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
  • काठमाण्डौं/जाडोमा मौसम सुख्खा हुने, बढी चिसो हुने, पानी कम खाने कारणले ओठ फुस्रो, रुखो, फुट्नेजस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा ओठको सौन्दर्य जोगाइराख्न वा मुलायम बनाउन बजारमा लिप बामलगायत थुप्रै उत्पादन पाइन्छन् । बजारमा उपलब्ध यी सौन्दर्य सामग्रीमध्ये कुन बढी प्रभावकारी हुन्छ ? कसरी यसले ओठलाई मुलायम बनाइराख्छ ?
    जाडोमा ओठको सुरक्षा

    ओठको रङ व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । नरम एवं मुलायम र गुलाबी ओठलाई स्वस्थ अनि आकर्षक मानिन्छ । ओठको सौन्दर्यलाई जोगाइराख्न लिप बामको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, घरबाहिर हिंडडुल गर्दा खासगरी बाइकमा यात्रा गर्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    Advertisement

    यसैगरी धेरै चिसो वा धेरै तातो खानेकुराले पनि ओठमा असर गर्छ । ओठलाई खराब बनाउने धुम्रपान पनि हो । यी कुरामा ख्याल गरेर ओठलाई सुरक्षा गर्न सकिन्छ ।

    लिप बामको प्रयोग

    खासगरी जाडोको लागि भनेर बजारमा विभिन्न कम्पनीका लिप बाम ल्याउने गरिन्छ । तर कतिपय कमसल र केमिकलयुक्त हुने भएकाले त्यसले ओठको सौन्दर्यमा असर गर्न सक्छ । त्यसैले राम्रो ब्रान्डको ग्लिसिरिनयुक्त, मोइस्चराइजर बढी भएको लिप बाम प्रभावकारी हुन्छ । निभिया, लोटस ब्रान्डका लिप बाम राम्रो हुन्छ । सामान्यतः तीन सय रुपैयाँभन्दा माथिको लिप बाम स्तरीय हुन्छ ।

    सनस्क्रिनयुक्त लिप बामको प्रयोग गर्दा राम्रो हुन्छ । किनभने यतिबेला चर्को घामको असर छालामा जस्तै ओठमा पनि पर्न सक्छ । लिप बाम राति सुत्नुभन्दा अगाडि, बिहान मुख धोएपछि र मेकअप गर्नुभन्दा अघि लिप बाम लगाउनु जरुरी हुन्छ ।

    लिपिस्टिकको छनोट

    मोइस्चराइजरयुक्त लिपिस्टिकले ओठलाई मुलायम र राम्रो बनाउन मद्दत गर्छ । तर खाली म्याटको लिपिस्टिक मात्रै प्रयोग गर्न भने हुँदैन । यसले ओठलाई झन् कालो बनाउँछ । सकेसम्म सेमी म्याट प्रयोग गर्नु उपयुक्त हुन्छ । लिपिस्टिक लगाउनुअघि र पछि पनि लिप बाम लगाउनु आवश्यक छ । यसले ओठलाई फुट्न दिंदैन । ओठलाई मुलायम राख्न मद्दत गर्छ । लिपिस्टिक प्रयोग गर्दा क्रिम र मोइस्चरयुक्त भएको प्रयोग गर्नुपर्छ ।

    ओठलाई मुलायम बनाउने घरेलु विधि

    ओठलाई मुलायम बनाइराख्न हामीले महको प्रयोग ओठमा गर्न सक्छौं । यसले ओठलाई कालो हुन दिंदैन । नौनीले पनि ओठलाई राम्रो बनाउँछ । राति सुत्नुअघि लगाएर सुत्दा ओठलाई मुलायम बनाउँछ । बाहिरी प्रोडक्टले मात्र नभई ओठलाई स्वस्थ राख्न हामीले के खानेकुरा खाइरहेका छौं भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । त्यसैले ओठलाई मुलायम र स्वस्थ राख्न पर्याप्त पानी खाने, फलफूल बढी खाने गर्नुपर्छ ।

    ओठ फुट्ने र कलेंटी पर्ने समस्या

    चिसो हावा, सूर्यको किरणजस्ता वातावरणीय प्रभाव, गुणस्तरहीन लिप कलर प्रयोग गर्ने, पानी कम खाँदा ओठ फुट्ने, कलेंटी पर्नेजस्ता समस्या आउँछ । आफ्नो ओठ फुस्रो भएमा लगातार चाट्ने बानी गर्नु हुँदैन । किनभने यो प्रक्रियाले थप सुख्खापन आउन सक्छ ।

    जाडोमा ओठको लागि घरेलु उपचार

    घिउकुमारी : घिउकुमारीले ओठलाई मुलायम र कोमल बनाइराख्न सहयोग गर्छ ।

    मह : महलाई एक अद्भूत मोइस्चराइजर भनिन्छ । जसमा फुटेको ओठको उपचार गर्न निको पार्ने र जीवाणु प्रतिरोधी गुण छन् । मह र ग्लिसिरिनको मिश्रण बनाएर ओठमा लगाएर रातभर छाड्नुपर्छ ।

    गुलाब र दूध : केही ताजा गुलाब लिने र तिनीहरूलाई केही घण्टाको लागि काँचो दूधमा डुबाउनुपर्छ । अब यो दूध दिनमा कम्तीमा दुईदेखि तीन पटक आफ्नो ओठमा लगाउँदा प्रभावकारी हुन्छ । दूध र गुलाबमा मोइस्चराइजिङ प्रभाव हुन्छ, जसले तपाईंको ओठलाई गुलाबी बनाउन मद्दत गर्छ ।

    चिनी : चिनीले स्क्रबको रूपमा काम गर्छ, जसले ओठको मृत छाला हटाउन मद्दत गर्दछ । तिनीहरूलाई कोमल र नरम देखाउँछ । अलिकति मह लिएर यसमा चिनी मिसाएर स्क्रब गर्ने र आफ्नो ओठमा राम्रोसँग मसाज गर्नुपर्छ । यसलाई केहीबेर राख्ने, मनतातो पानीले धुने र त्यसपछि प्राकृतिक लिप बाम लगाउनु राम्रो हुन्छ ।

    नरिवल तेल : नरिवल तेल उत्तम प्राकृतिक मोइस्चराइजरमध्ये एक हो । नरिवलको तेलले आफ्नो ओठमा मसाज गरे ओठलाई सुरक्षा प्रदान गर्छ । (अनलाईनखबरबाट)

    सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.