• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

बिसहजारी महिला सहकारीको साधारणसभा सम्पन्न


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका वडा नं. ८ मा रहेको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जिवनाथ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य रुद्र अधिकारी, भरतपुर महानगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष तथा नेपाल क्षयरोग संस्था चितवनका अध्यक्ष दामोदर न्यौपाने,सामाजिक उद्यमी सहकारी संघ चितवनकी अध्यक्ष तथा सामाजिक उद्यमी सहकारी सञ्जालकी केन्द्रिय अध्यक्ष पार्वती न्यौपाने, महिला समन्वय समिति चितवनकी अध्यक्ष ईन्द्रा पौडेल बिशिष्ठ अतिथि रहनुभएको थियो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेलले बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्थाले समाजमा खेलेको भुमिका उल्लेख्य रहेको बताउँदै आगामि दिनमापनि वडाको तर्फबाट साथ र सहयोग रहिरहने बताउनुभयो । उहाँले स्थानिय सरकार र सहकारीले हातेमालो गर्दै समाजको बिकास र उत्थानका लागि संगसंगै अघि बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बिशिष्ट अतिथि दामोदर न्यौपानेले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै सहकारीको उन्नयनमा सञ्चालक मात्र होईन प्रत्येक सदस्यहरुको पनि महत्वपूर्ण भुमिका हुने भएकाले सद्भावपूर्ण सहकार्यको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरु भाग्ने र बचतकर्ताहरु अत्तालिएर अस्त ब्यस्त बन्दै गैरहेको चुनौतीपूर्ण समयमा पनि आफुहरुले सदस्यहरुमाझ हामी सुरक्षित छौं है भन्ने अनुभुति दिलाउँदै आजको अवस्थामा आई पुगेको बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. कि अध्यक्ष शैलजा घिमिरे पौडेलले बताउनुभयो ।

    भरतपुर महानगरपालिका भित्रका पाँचवटा वडाहरुलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको सहकारीले आफ्ना सदस्यहरुलाई घरेलु र सानाउद्योग सञ्चालनमा सहयोग पु¥याउदै आएको अध्यक्ष घिमिरेले बताउनुभयो । संस्थाले जग्गा भाडामा लिएर पनि बेसार खेति र धैचा खेति गर्दैआएको छ । यसरी संस्थाले कृषक र उपभोक्त बिच समन्वयात्मक भुमिका निर्वाह गर्दै आएको छ । अध्यक्ष घिमिरेका अनुसार बार्षिक साधारण सभाका अवसरमा संस्थाले भरतपुर महानगरपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष दामोदर न्यौपानेलाई सम्मान गर्नुका साथै ६८ बर्ष पुरा भएका पाँच जना जेष्ठ सदस्य, सरकारी बिद्यालयबाट एस ई ईमा उत्कृष्ट अंक हासिल गर्ने दई जना सदस्यका छोराछोरीलाई समेत सम्मान गरेको थियो भने असहाय एक जनालाई करिब एक महिनासम्म खान पुग्ने खाद्यान्न सहयोग गरेको थियो । सहकारी संस्थामा हाल नौ सय तेत्तीस जना सदस्य रहेकाछन् । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य सिर्जना नेपालले, लेखा परिक्षण प्रतिवेदन ब्यवस्थापक पार्वती केसीले र संस्थाको आगामि रणनीति र योजनाका बारेमा कोषध्यक्ष ऋषिमाया पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव सकुन्तला तिमील्सीनाले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता सहकारी संस्थाकी अध्यक्ष शैलजा घिमिरे पौडेलले गर्नुभएको थियो ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.