• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अर्थतन्त्रलाई चलायमान बनाउन र विद्यमान तरलताको समस्या समाधानका लागि चितवन उद्योग संघको गम्भिर ध्यानाकर्षण

"माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने, उद्योगी व्यवसायीहरुले पौष मसान्तमा कुनै पनि कर बुझाउन नसक्ने "

  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • भरतपुर/वित्तिय प्रणालीमा तरलताको अभावको चाप बढिरहेको र ब्याजदरमा उच्च बृद्धि भैरहेको कारण आर्थिक गतिविधिमा देखिएको सुस्तताले समग्र मागमा समेत गिरावट आई अर्थतन्त्रमा संकुचन देखिन थालेको वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुको नियमनकारी निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले गरेको आ.व. २०७९/०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाबाट अर्थतन्त्रलाई चलायमान बनाउन र विद्यमान तरलताको समस्या समाधानका लागि कुनै ठोस कदम नचालिएको प्रति चितवन उद्योग संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा विगतमा २ वर्ष भन्दा बढी लामो अवधिको बन्दाबन्दीको कारण थलिएको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै रुस र युक्रेनबीच भएको युद्धका कारण आकासिएको पेट्रोलियम पदार्थको मूल्य बृद्धिले गर्दा अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव पर्न गई मुद्रा स्फिति उच्च हुन पुगेको जनाइएको छ ।
    संघद्वारा जारी विज्ञप्तिमा एकातर्फ दिनानुदिन नागरिकका उपभोग्य आयमा समेत गिरावट आई औद्योगिक उत्पादनको मागमा संकुचन आइरहेको छ भने अर्कोतर्फ कच्चा पदार्थको मूल्य बृद्धि र बैंक ब्याज दरमा भएको अचाक्ली बृद्धिका कारण उत्पादन लागत अत्याधिक बढ्न गई अधिकांश उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेको, यस्तै अवस्थाको निरन्तरता रहेमा अर्थतन्त्र गरिवी र वेरोजगारीको दुश्चक्रमा फस्ने हुँदा यस अवस्थामा उद्योगहरुलाई जीवन्त राख्न अभिभावकीय भूमिकाका साथ विशेष संरक्षण योजना ल्याउनेमा राज्य उदासिन देखिएको उल्लेख गरिएको छ ।
    पत्रकार सम्मेलनमा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले वर्तमान आर्थिक परिदृश्य सन्दर्भमा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले विदेशी विनिमय सञ्चिति बढाउने नाममा राज्यले कयौँ वस्तुहरुको आयातमा प्रतिवन्ध लगाएको भएतापनि अनौपचारिक कारोबारको बाटोलाई प्रश्रय पुगेको आभास दिने गरी बजारमा सहजै ति वस्तुहरुको उपलब्धता हुनुले औपचारिक अर्थतन्त्रलाई झन् चुनौति दिएको, अर्थतन्त्रलाई दिगो बनाउन औद्योगिक लगानीमा बृद्धि गरी औद्याेिगक उत्पादकत्व समेत बृद्धि गर्नुपर्ने अवस्थामा बढ्दो ब्याजदर, नगद प्रवाहमा परेको असर र मागमा देखिएको संकुचनका कारण उद्योगीहरुमा निराशा पैदा भएको, यस अवस्थामा राष्ट्र बैंकले जारी गरेको चालूपूँजी कर्जा सम्बन्धि मार्गदर्शन र कर्जाको किस्ता तथा व्याज उठौतिका लागि उद्योगीहरुलाई मानसिक तनाव दिने गरी बैंकहरुले गरेको ताकेताले झन् उद्योगीहरुलाई थप हतोत्साहित बनाएको विषयहरुमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    पौडेलले प्रस्तुत गर्नुभएको प्रस्तुतिकरणमा उद्योगलाई जीवन्त राख्न सहयोग पुग्ने गरी ऋम् च्बतष्य लगायतका तरलता सम्बन्धि अनुपातहरुमा अधिकतम लचकता अपनाई तरलता व्यवस्थापन गर्न, ब्याजदर एक अंकमा सिमित गर्न, उद्योगमा रहेको कर्जालाई उद्योगीले आवश्यकता महशुस गरेमा एकपटकका लागि पुनर्संरचना, पुनर्तालिकीकरण गर्न, पौष मसान्तसम्मको ब्याजलाई पुँजीकरण गर्न तथा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन र चालूपूँजी कर्जा सम्बन्धि मार्गदर्शनलाई २ वर्षपछि मात्र कार्यान्वयनमा लैजान, पूर्वाधार निर्माण अन्तर्गत भएका खर्चहरुको कार्यको भौतिक प्रगति देखिए लगतै तत्काल भुक्तानीको व्यवस्था गर्नुपर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरुको आयात खुकुलो बनाउन नेपाल राष्ट्र बैंकसँग जोडदार माग समेत गरिएको थियो ।
    पत्रकार सम्मेलनमा जायज मागहरुलाई यथाशिघ्र सम्बोधनका लागि नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराइएको थियो । मागहरुको सम्बोधन नभएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले पौष मसान्तमा कुनै पनि कर बुझाउन नसक्ने र चरणबद्ध रुपमा आन्दोलनमा होमिन बाध्य हुने समेत विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

    Advertisement

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.