चितवन/क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि छामिछाने ४९ हजार २ सय ६४ मतले बिजयी भएका छन् । ८३ हजार ९ सय ५६ मत खसेकोमा लामिछाने ३४ हजार २ सय ८१ मत बढी ल्याएर बिजयी भएका हुन् । नेपाली काँग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।
Advertisement
चितवन-१ मा ७,५८१ भारी मतले रास्वपाका हरि ढकाल बिजयी

चितवन, क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाले ३४ हजार १ सय ८९ मतले बिजयी भएका छन् । ९५ हजार ४१ मत गणना भएकाेमा ९१ हजार ४ सय २० मत सदर र ३ हजार ६ सय १२ मत बदर भएको छ । ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर बिजयी भएका हुन् ।
नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९ सय ९०, राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् ।




