भरतपुर/चितवन उद्योग संघको पहलमा निर्माण भईरहेको चितवन प्रदर्शनी केन्द्रको हलहरुमा नोभल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारी गर्नका लागि नामाकरण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको आज एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले एक कार्यक्रमका बीच भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल (अविनाश), सभाषद् मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्की, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा ५० वटा जनरल वेड, १० ज्म्ग् वेड, १० वटा आईसियु वेड रहनेछन् ।
भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको शुभारम्भ
भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको शुभारम्भ
Advertisement
तपाईको प्रतिक्रिया




