• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जनताको जीवन बदल्ने चेपाङ मार्ग

"सुरेन्द्र पाण्डेको एक सपनाः "

  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • चितवन /नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे २०२६ सालमा पढ्नका लागि धादिङ्गबाट भण्डारा चितवन आउँदै थिए । तीन दिन लगाएर विकट डाँडा हिडेर आउँदा त्यहाँका चेपाङ्गहरुको दुर्दशा देखे, उनले । चुनियाधारामा भन्ने ठाउँमा आइपुग्दा एक जनाको खान नपाएर मरेको खबर पनि थाहा पाए । मानिसहरु निकै कष्टकर जीवन विताइरहेका थिए । यो देखेका पाण्डेको मनमा एउटा संकल्प आयो, म कुनै दिन राजनीतिको उपल्लो तहमा पुगे भने यो ठाँउमा सडक बनाउँछु ।

    Advertisement

    पाण्डे २०६६ जेठमा अर्थमन्त्री बने । बजेट प्रस्तुत गर्ने मौका पाएका पाण्डेले, आफूले ४० बर्ष अगाडि देखेको सपनालाई विपनामा बदल्ने अवसरका रुपमा चेपाङ्ग मार्गको अवधारण ल्याए । सोही अनुसारको ट्याक खोल्न बजेटको समेत व्यवस्था पनि गरे । पाण्डेलाई थाहा छ, यो सडक बन्दा पूर्वी चितवनका जनताको जीवनमा ठूलो वदलाव आउनेछ । यो सडकले विकट भेगका चेपाङ्गहरुहरूको जीवनस्तर मात्रै माथि उठाएको छैन, नारायणगढ मुग्लिन, धादिङ्गखण्डको पृथ्वी राजमार्गको समेत विकल्प दिएको छ । भण्डाराबाट मलेखु झण्डै १ घण्टामा पुग्न सक्ने योजनासहित पूर्व अर्थमन्त्री पाण्डेले यो योजना अगाडि ल्याएका थिए । उनको सपना साकार हुने क्रममा पुगेको छ । अहिले मलेखु र भण्डारातिरबाट सडक पिच हुने काम जारी छ ।

    विभिन्न ठाउँमा पुलहरुसमेत बनिरहेका छन् । अब पुलहरु बनिसके पछि यो सडकमा १२ महिना नै गाडीहरु गुड्छन् । एमाले उम्मेदवार पाण्डे भन्छन् म जीवनमा निकै खुसी हुन्छु यो सडकले, मलाई नदेखेका नभेटका मान्छेहरुले पनि यो सडक सुरेन्द्रको योजना हो, सपना हो भन्छन्, मलाई निकै खुसी लाग्छ, केही गर्न सके जस्तो लाग्छ । दुब्लिङ्ग र हात्तिसुडे भन्ने ठाँउमा छोटाछोटा सुरूङ्ग बनाउन ठेक्का खुलेका छन् । स्थानीय वासी बुद्धिबहादुर तामाङ्गले एउटा नेताले देखेको सपना साकार हुने अवस्था आएको भन्दै चेपाङ्ग मार्गको अवधारणा ल्याउने सुरेन्द्र पाण्डेलाई धन्यवाद दिए ।  चेपाङ्ग मार्ग चितवन खण्डमा ३९ किमी र धादिङ खण्डमा २३ किमी पर्दछ । एमाले उम्मेदवार सुरेन्द्रको अर्को पनि सपना छ, यो सडकलाई ठोरीसम्म जोड्ने । ठोरीसम्म जोड्दा १३२ किलोमिटर यो सडक लामो हुनेछ ।

    चेपाङ मार्ग अन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाँप र वडा नं. १२ ढिटार जोडने लोथर खोलामा ९० मिटरको पुल निर्माण काम सकिएको छ ।  चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।अझै केही ठाँउहरुमा सडक सुधार गरेर, सुरुङ्गहरु बनाएर सडकलाई छोटो पार्ने प्रयास पनि भैरहेका छन् । ६२ किलोमिटरलाई ५० किलोमिटरमा झार्ने गरी काम भैरहेको एमाले नेता सुरेन्द्र पाण्डे बताउँछन् ।

    चेपाङ मार्गका तीन फाइदा :
    भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाईदा देखिएको छ । पहिलो नारायणगढ काडमाडौं सडक खण्डमा सवारी साधनको चाप घटने छ भने सडक कै कारणले पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवन स्तर माथि उठेको छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाएका छन् ।

    सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौ जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर मुग्निल हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दुरी छ ।  भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलामिटर मात्र रहेकाले ४४ किलोमिटर दुरी कम हुन्छ । त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । साथै यो सडक नारायणगढ मुग्लिन सडकखण्डको विकल्पका रुपमा समेत प्रयोग सकिने सजिलो सडकखण्ड मध्येको एक बन्ने छ । १०५ किलोमिटर दूरीको राजमार्ग ४४ किमी छोटो भएसगै यसले समय र इन्धनको बचत गर्छ ।

    चेपाङहरू बसमा सरर :
    सो सडकको ट्याक खोलेपछि भण्डारा र मलेखुबाट सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफुले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं.१३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिडेर भण्डारमा जानु पथ्यो अहिले चाँडै पुगिन्छ ।’ उनले आफुले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको खुसी हुँदै सुनाए । सडकको सहज पहँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामाग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अबस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा लिने गरेका थिए ।

    चेपाङले उत्पादन गरेका खसी बोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा विक्री गर्दै आएका थिए । तर, अहिले भाउ समेत पाउन थालेका छन् । उनीहरुको मुख्य बजार भण्डारा भएको छ ।  यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मुल्यमा विक्री गर्न थालेको र आर्थिक उर्पाजन हुन थालेको एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले बताए । सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन भएको छ ।

    कालिका एफ.एम.बाट साभार

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.